काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य स्थिर छ। शुक्रबारको तुलनामा सुन तथा चाँदीको मूल्यमा थपघट भएन।
आइतबारका लागि छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ। शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।