शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

तीन महिनामै दुई पुनर्बीमा कम्पनीको २७ अर्ब ७७ करोड लगानी

images
शनिबार, मंसिर १० २०७९
images
तीन महिनामै दुई पुनर्बीमा कम्पनीको २७ अर्ब ७७ करोड लगानी

दुबै पुनर्बीमा कम्पनीले कुल लगानीको ८५.९२ प्रतिशत अर्थात २३ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

images
images

काठमाडौं- तीन महिनामै दुई पुनर्बीमा कम्पनीले २७ अर्ब ७७ करोड ४० लाख लगानी गरेका छन्। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लगानी गरेका हुन्।

images
images
images

नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब १ करोड ४ लाख रुपैयाँ र हिमालयन रिले ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ गरी सो बराबरको रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन्।

images
images

दुबै पुनर्बीमा कम्पनीले कुल लगानीको ८५.९२ प्रतिशत अर्थात २३ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

images
images

नेपाल पुनर्बीमा कम्पनीले १४ अर्ब ८१ करोड १२ लाख रुपैयाँ र हिमालयन रिले ७ अर्ब ९ करोड रुपैयाँ गरी २१ अर्ब ९० करोड १२ लाख रुपैयाँ ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका हुन्। यस्तै ‘ख’ वर्गको विकास बैंकको मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाले मात्रै १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ।

हिमालय रिले ‘क’ वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड रुपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा ६३ करोड ४० लाख रुपैयाँ र म्युचअल फण्ड तथा नागरिक लगानी कोषमा ४ करोड रूपैयाँ गरी कुल ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ मात्रै लगानी गरेको छ।

दुबै कम्पनीले लगानी निर्देशिका अनुसार नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेप,‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा, घरजग्गामा, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा भने लगानी गरेका छैनन्।


प्रकाशित : शनिबार, मंसिर १० २०७९०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend