शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एकवर्षमै हिमालयन डिष्टिलरीबाट प्रतिकित्ता ३२७५ रुपैयाँले गुमाएका लगानीकर्ता आकर्षक लाभांशले उकासिएलान्?

शनिबार, मंसिर १० २०७९
एकवर्षमै हिमालयन डिष्टिलरीबाट प्रतिकित्ता ३२७५ रुपैयाँले गुमाएका लगानीकर्ता आकर्षक लाभांशले उकासिएलान्?

सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एकवर्षमा ४२ प्रतिशतले घटेको छ।

काठमाडौं- हिमालयन डिष्टिलरीले लिमिटेडले सेयरधनीलाई गत वर्षभन्दा ३० प्रतिशतकम लाभांश दिने घोषणा गरेको छ। लगातार दुई वर्ष १०० प्रतिशतथ लाभांश दिएको कम्पनीले यसवर्ष ७० प्रतिशत लाभांश दिने भएको छ।

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको एकवर्षमा सेयर मूल्य प्रतिकित्ता ३२७५ रुपैयाँले घटेको छ। सेयर लगानीकर्ताले एकवर्षमै ३२७५ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। यो लाभांशले लगानीकर्तालाई केही राहत भने मिलेको छ। 

hdl.JPG

गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एकवर्षमा ४२ प्रतिशतले घटेको छ।

गतवर्ष ७१९५ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३९२० रुपैयाँमा कारोबार भइरहेको छ। लाभांश आउने चर्चाले कम्पनीको सेयर मूल्य पछिल्लो एकसाता देखि भने लगातार बढीरहेको थियो। कम्पनीको सेयर मूल्य २८२५ रुपैयाँसम्म झरेको थियो।

लाभांशको चर्चाले पुनः बढेर ४००० रुपैयाँ नजिक पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। पिई रेसियो ६९ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, मंसिर १० २०७९०२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend