मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

images
शुक्रबार, मंसिर ९ २०७९
images
images
हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?
images
images

काठमाडौं- हिमालयन डिष्टिलरीले लिमिटेडले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

images
images

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीले वितरण गर्ने प्रतिफलको दर अघिल्लो वर्ष वितरण गरेको लाभांशको तुलनामा  घटेको छ।

images
images

गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले २२औँ साधारणसभा पुस २७ गते बोलाएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend