शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

शुक्रबार, मंसिर ९ २०७९
हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले?

काठमाडौं- हिमालयन डिष्टिलरीले लिमिटेडले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीले वितरण गर्ने प्रतिफलको दर अघिल्लो वर्ष वितरण गरेको लाभांशको तुलनामा  घटेको छ।

गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले २२औँ साधारणसभा पुस २७ गते बोलाएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। 


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend