शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

‘वाह्य स्रोतको जोहो नगर्दा छिटो छिटो बैंकिङ क्षेत्रमा समस्या’

शुक्रबार, मंसिर ९ २०७९
‘वाह्य स्रोतको जोहो नगर्दा छिटो छिटो बैंकिङ क्षेत्रमा समस्या’

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले वाह्य स्रोतको व्यावस्थापनमा चुक्दा बैकिङ क्षेत्रमा छिटो छिटो समस्या आइरहेको बताएका छन्। अध्यक्ष उपाध्ययले निक्षेपको बृद्धिदर असार मसान्तको तथ्यांकमा मात्रै नहेर्न सुझाव दिएका छन्।

इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडीजको ४४औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपाध्ययले पछिल्लो वाह्या स्रोत व्यवस्थापनमा मिक्स म्यचा हुँदा पनि धेरै समस्या देखिएको समेत बताए। पछिल्लो पाँच वर्षमा निक्षेप २२ खर्बबाट बढेर ४५ खर्ब पुगेको बताउँदै सकारात्मक विषय समेत रहेको बताए। यता पछिल्लो १७ खर्बको ऋण लगानी पछिल्लो समय बढेर ४१ खर्ब पुगेको समेत उपाध्ययले बताए।  

‘बृद्धिको तथ्यांकलाई हेर्दा जिडीपीको अनुपातमा ऋण १७ प्रतिशतले बढेको छ, भने जिडीपीको अनुपातमा निक्षेप १० प्रतिशतको मात्रै बृद्धि देखिन्छ,’ उपाध्ययले भने। सरकारले ल्याएको ऋण बाहेक अन्य विषय मिक्स म्याच हुँदा थोरै तलमाथी हुने गरेको तर्फ संकेत गर्दै उपाध्ययले व्याजदर बढाउनुपर्ने बाध्यता परिरहेको बताए। ‘अफ्ठेरो हुँदा १२ प्रतिशतबाट उकालो लाग्ने सहज हुँदा फेरी ५ प्रतिशतमा आउने गर्दछ,’ उपाध्ययले भने। 

कृषि क्षेत्रलाई दिर्घकालिन लगानी गराएर भ्याुल क्रियट गर्न सकेका नसकेको बताउँलै समिक्षा हुनुपर्ने समेत उनले बताए। बैंकिङ प्रणालीले पनि घरजग्गामा केन्द्रित हुँदा पनि समस्या आएको बताउँदै प्रोजेक्ट बेसमा जानका लागि सरकारले नीतिगत रुपमा काम गर्नुपर्ने समेत बताए। ब्याजदरलाई चालु पुँजीको विषयमा बहस भइरहेको समेत उनले बताए। अहिले बैंक, उद्योगी र राष्ट्र बैंकबीच फरक फरक खालको द्धन्द्ध चलिरहेको बताउँदै यसलाई समाधान गर्न तर्फ लाग्नुपर्ने समेत बताए। 

अहिले स्थानीयतहमा पैसा सरकारले झिक्ने वित्तिकै बैंकमा समस्या आउने देखिन्छ। उत्पादनसँग कर्जा मात्रै नजोडिने बताउँदै अन्य तर्फ समेत ध्यान दिनुपर्ने बताए। पाँच प्रतिशतको निक्षेपको बृद्धिदर अहिले कात्तिकसम्म आईपुग्दा १ प्रतिशत पनि नरहेको बताए। असार मसान्तको तथ्यांकलाई मात्रै हेर्दा पनि समस्या आएको बताए। तथ्यांक बनाउन सबै सिपालु रहेको समेत उनले बताए। 


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend