बिहीबार , चैत १५ गते २०८०    
images
images

गभर्नर अधिकारी भन्छन्- अर्थतन्त्रलाई सन्तुलित बनाउन गाली खाएरै भएपनि काम गर्नुपर्छ

बाह्य क्षेत्र सन्तुलनमा आउँदा सरकारी वित्तमा समस्या देखिन थाल्यो, संरचनागत परिवर्तन नगरि हुँदैन 

images
images
गभर्नर अधिकारी भन्छन्- अर्थतन्त्रलाई सन्तुलित बनाउन गाली खाएरै भएपनि काम गर्नुपर्छ

संसारभरका केन्द्रीय बैंकहरूले मूल्यवृद्धि नियन्त्रणका लागि तीव्र काम गरिरहेका छन्। अमेरिकी केन्द्रीय बैंकले पनि यसकै लागि नीतिगत ब्याजदर बढाएको र यसले संसारकै मौद्रिक वातावरण प्रभावित भएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साढे एक वर्षको दबाबपछि बाह्य क्षेत्रको दबाब कम भएको बताएका छन्। आर्थिक वर्ष २०७८/७९ को सुरुदेखि नै बाह्य क्षेत्रमा देखिएको र अन्तिमसम्म त्यसकै दबाब कायम रहेपनि यो वर्षको तीन महिनाको तथ्यांक आउँदा केही राहत मिलेनको उनको भनाइ छ।

images
images
images

सर्वांगीन विकास अध्ययन केन्द्रको ४४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अधिकारीले अर्थतन्त्र अनियन्त्रित आयात वृद्धिले गर्दा बाह्य क्षेत्रमा देखिएको चरम असन्तुलन अहिले आएर नियन्त्रणमा आएको बताए। 

images

'अहिले नेरूमा भुक्तानी सन्तुलन १२ अर्बले नाफा छ। डलरमा यो बराबरीमा पुगेको छ। यद्यपि गत वर्षको यही अवधिमा ८८ अर्बको घाटा थियो। भनेपछि यसलाई हामीले निकै नियन्त्रणमा आएको मान्नुपर्छ' उनले भने। 

images
images

गत वर्षको सुरुदेखि नै समस्या आएपछि राष्ट्र बैंक तथा सरकारले लिएका कसिला नीतिको फलस्वरुप अहिले बाह्य क्षेत्र सन्तुलित भएको उनको भनाइ छ। राष्ट्र बैंकले गत वर्षको पुसदेखि नै आयात नियन्त्रणका लागि ऋणमा कडाइ गरेको थियो भने बैशाखदेखि सरकारले सीमितवस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

पछिल्लो समय भुक्तानी सन्तुलनको दबाब न्यून हुँदै आएपछि कसिला नीतिलाई खुकुलो बनाउँदै आइएको र प्रतिबन्धित सूचीमा पनि चारवटा वस्तुमात्र रहेको उनको भनाइ छ। 

तरलतामा देखिएको समस्या र त्यसको कारणले बढेको ब्याज र यही कारणले निजी क्षेत्रमा परेको ऋणको भारले सिर्जना भएको ससम्या पनि विस्तारै न्यून हुँदै जाने उनको भनाइ छ। 

आयात केही घटेका कारणले  सुधार भइरहे पनि सरकारको वित्तीय घाटा बढेर गएको उनको भनाइ छ। 'वित्तीय व्यवस्थापनका लागि राज्यलाई असहज पर्ने अवस्था देखिएको छ।  बाह्य क्षेत्रको सन्तुलन हुँदा सार्वजनिक वित्तीय असन्तुलन हुने अवस्था आएको छ' उनले भने। 

भुक्तानी सन्तुलन मिलाउन खोज्दा सरकारी वित्तीय असन्तुलन हुने अवस्था आएको उनको भनाइ छ। यसका लागि अर्थतन्त्रमा संरचनागत परिवर्तन कति आवश्यक छ भन्ने कुरा देखिएको भनले बताए।  

'हामीले संरचनागत परिवर्तन गर्नैपर्छ। यसका लागि आन्तरिक उत्पादन बढाउनैपर्छ। यसमा राज्यले पनि प्राथमिकता दिएकै छ तर सबैको ध्यान उत्पादन बढाउनेमै हुनुपर्छ। हैन भने बाह्य सन्तुलन मिलाउन खोज्दा वित्तीय असन्तुलन बढ्ने जोखिम सँधै रहने भयो' अधिकारीले भने। 

अर्थतन्त्रमा बाह्य सन्तुलनको समस्या धेरै ठूलो नभएपनि मूल्यवृद्धि अर्को समस्याका रुपमा उदाएको उनको भनाइ छ। आगामी वर्ष संसारभर अर्थतन्त्र संकुचित हुने प्रक्षेपण भइरहेको छ। नेपालमा पनि यसको प्रभाव पर्ने भएकाले यसलाई स्वीकार गरी तयार हुनुपर्ने उनको भनाइ छ। 

कोरोना महामारीपछि सुरु भएको रसिया-युक्रेन युद्धले गर्दा संसारभर मुद्रास्फ्रितिको समस्या रहेको छ। संसारका अन्य मुलुकको तुलनामा नेपालमा यसको समस्या ठूलो नहरेको उनको भनाइ छ। 

संसारभरका केन्द्रीय बैंकहरूले मूल्यवृद्धि नियन्त्रणका लागि तीव्र काम गरिरहेका छन्। अमेरिकी केन्द्रीय बैंकले पनि यसकै लागि नीतिगत ब्याजदर बढाएको र यसले संसारकै मौद्रिक वातावरण प्रभावित भएको छ। 

'गाली खाएर भएर पनि संसारका सरकार तथा केन्द्रीय बैंकले अर्थतन्त्रलाई सन्तुलित राख्न कोसिस गरिरहेका छन्। नेपालका सन्दर्भमा पनि केही हदसम्म यस्तै भएको छ' उनले भने।

 

 

images

प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०७:५८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ