आइतबार, मंसिर १७ गते २०८०    

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ

images
बिजनेस न्युज
images
सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ

'उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ'

काठमाडौं- नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ।

images
images
images

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

images

पक्राउपर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन्।

images

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी योजनाबद्धरुपमा लुटपाट गरिएको जानकारी दिएको हो।

images

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए।

'उक्त घटना खनालका परिवारबाट चिनजान भएका व्यक्तिको नै संलग्नता देखिएको पाइएको छ, घरमा काम गर्ने व्यक्तिकोसमेत संलग्नता देखिन्छ', उनले भने। प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८.५ तोला लेखिएको सुनको गिलास, सुनको तिलहरि एक थान, सुनको नौगेडी दुई थान, हिराको हार तीन थान, हतौडा एक थान, चक्कु दुई थान र रु एक लाख १३ हजार ५०० बरामद गरेको छ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–२० को चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख बोहोराले बताए। 


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९१२:४९
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ