मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पाँच हाइड्रोपावरको चार लाख कित्ता आईपीओ आउँदै, कुनको कति?

images
शुक्रबार, मंसिर ९ २०७९
images
images
पाँच हाइड्रोपावरको चार लाख कित्ता आईपीओ आउँदै, कुनको कति?
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एकैदिन प्राथामिक सेयर निष्कासनका लागि पाँच हाइड्रोपावर कम्पनीलाई स्वीकृति दिएको छ। आवेदन दिएका कम्पनी मध्येबाट पाँच कम्पनीलाई आईपीओका लागि अनुमति दिएको हो।  

images
images

बोर्डले विभिन्न पाँच हाइड्रोपावर कम्पनीलाई ३ करोड ९८ लाख कित्ता आईपीओका लागि स्वीकृति दिएको हो।

images
images

बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आईपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।

images
images
images

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। सुलभ पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend