शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पाँच हाइड्रोपावरको चार लाख कित्ता आईपीओ आउँदै, कुनको कति?

शुक्रबार, मंसिर ९ २०७९
पाँच हाइड्रोपावरको चार लाख कित्ता आईपीओ आउँदै, कुनको कति?

काठमाडौं- नेपाल धितोपत्र बोर्डले एकैदिन प्राथामिक सेयर निष्कासनका लागि पाँच हाइड्रोपावर कम्पनीलाई स्वीकृति दिएको छ। आवेदन दिएका कम्पनी मध्येबाट पाँच कम्पनीलाई आईपीओका लागि अनुमति दिएको हो।  

बोर्डले विभिन्न पाँच हाइड्रोपावर कम्पनीलाई ३ करोड ९८ लाख कित्ता आईपीओका लागि स्वीकृति दिएको हो।

बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आईपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। सुलभ पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend