मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

पूर्वअर्थमन्त्री र चर्चित अर्थशास्त्रीलाई हराएर उदाए सेयर बजारका आन्दोलनकर्ता

images
बिहीबार , मंसिर ८ २०७९
images
images
पूर्वअर्थमन्त्री र चर्चित अर्थशास्त्रीलाई हराएर उदाए सेयर बजारका आन्दोलनकर्ता
images
images

काठमाडौं- सेयर बजार घटेको समयमा आन्दोलन नै गरेर चर्चामा आएका हरि ढकाल प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका ढकाल ३४ हजार १ सय ८९ मतसहित निर्वाचित भएका हुन्।

images
images
images

उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत पाए। त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत पाए। 

खासगरी सेयरबजार घट्दै गएपछि आन्दोलनको नेतृत्व गर्ने गरेका ढकालले अर्थतन्त्रका खास जानकार मानिएकाहरूलाई पराजित गर्नुलाई अर्थ राजनीतिक वृतमा फरक रुपमा हेरिएको छ। 

images

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डे राजनीतिक रुपमा शालिन र नेकपा एमालेभित्रका बौद्धिक छवि बनाएका नेतामा पर्दछन्। उनी अघिल्लो पटक भारी मतसहित चितवन १ बाट विजयीसमेत भएका थिए। पाण्डेले ०६६ जेष्ठदेखि ०६७ माघसम्म विवादरहित अर्थमन्त्रीको रूपमा कार्य गरेका थिए। उनले अर्थमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा सहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको सुरुवात गराएका थिए।

images

यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका पौडेल अर्थविज्ञका रुपमा स्थापित व्यक्ति हुन्। सन् २०१८ देखि २०२० सम्म अन्तर्राष्ट्रिय श्रम संगठनमा इकोनोमी एडभाइजरका रूपमा काम गरेका पौडेलसँग सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताको काम गरेको अनुभव पनि छ। 

यता ढकाल भने सेयर बजार कुनै खास आन्दोलन र दबाबले बढ्ने घट्ने हुने विषय होइन भन्ने सामान्य अर्थज्ञानसमेत नभएका देखिन्छन्।  सेयरबजारसँग सम्बन्धित गलत आन्दोलनमा नेतृत्व गरेको भनेर यसअघि उनको आलोचना सेयर विश्लेषक तथा अर्थविदहरूले गर्ने गरेका थिए। आन्दोलन गरेर सेयर बजारमा दबाब र प्रभाव पार्न खोजेको भन्दै ढकालको चर्को आलोचना समेत भएको थियो।  

भलै निर्वाचित भएपछि भने ढकालले यसअघिका नीति निर्माताले नीति बनाउँदा सेयर बजारलाई प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पार्ने नीति बनाउने गरेको भन्दै अब त्यो अन्त्य हुने बताए। सांसद, मन्त्री, प्रधानमन्त्री भइसकेका व्यक्तिहरूले पुँजी बजारको गहिराइ र महत्व नबुझिकन पुँजी बजारबारे अनावश्यक टिप्पणी गर्ने गरेको भन्दै उनले अब यस्ता प्रवृति रोक्ने दाबीसमेत गरेका छन्। 

यसअघि लगानीकर्ताका रुपमा उनले 'सेयर आन्दोलनकर्ता'को जुन छबि बनाएका थिए, संसदमा हुने उपस्थितिपछि त्यसलाई फेरेर अघि बढ्न सक्ने उनी निकटस्थहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend