शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांश आउने चर्चाले सिभिल बैंकको सेयरमा सर्किट, कति प्रतिशत आउला लाभांश?

बिहीबार , मंसिर ८ २०७९
आकर्षक लाभांश आउने चर्चाले सिभिल बैंकको सेयरमा सर्किट, कति प्रतिशत आउला लाभांश?

काठमाडौं- सिभिल बैंक र हिमालयन बैंकबीच एकीकृत कारोबारको तयारी भइरहेका बेला सिभिल बैंकमा कारोबारमा सकारात्मक सर्किट लागेको छ। बुधबार सिभिल बैंकको १० प्रतिशत बढेर प्रतिकित्ता २१.३० रुपैयाँले बढेको छ। 

हिमालयनसँग एक्विजिशनमा जाने सम्झौता गरेको सिभिल बैंकले पहिलो तीन महिनाको सूचकमा समेत छलाङ मारेको थियो। गत वर्ष बैंकले पहिलो पटक १ अर्बभन्दा बढी नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ४२ करोड नाफा कमाएको छ। बैंकले १० प्रतिशत माथी लाभांश दिने चर्चाले लगानीकर्ताले सिभिल बैंकको सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। 

सिभिलको बुधबार मात्रै २ लाख ९२ हजार कित्ता कारोबार हुँदा ६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

बैंकको वितरणयोग्य नाफा नै १ अर्ब रुपैयाँ रहेको छ। जसअनुसार बैंकको लाभांश क्षमता ११ प्रतिशत रहेको छ। सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ। बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ। अघिल्लो वर्ष ब्याज आम्दानीबाट २ अर्ब २१ करोड थियो। बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ।


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend