शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चुनावी परिणाम आइरहँदा सेयर बजारमा देखिएन लगानीकर्ताको विश्वास

बुधबार, मंसिर ७ २०७९
चुनावी परिणाम आइरहँदा सेयर बजारमा देखिएन लगानीकर्ताको विश्वास

काठमाडौं- धितोपत्र बजारमा चुनावपछि सेयर कारोबार उत्साहजनक देखिन सकेको छैन। गएको आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बजारले लय समात्ने विश्लेषण विपरीत बजार राताम्य भइरहेको छ। चुनावपछि आर्थिक सूचकले साथ दिने र सेयर बजारमा उत्साह आउने अनुमानकाबीच बजार बढ्न सकेन।

मंगलबार ७.१३ अंकले घटेर बजार १९२९.७० बिन्दुमा झरेको बजार बुधबार पनि घटेको छ। बुधबार ७.७२ अंकले घटेर बजार १९२१.९९ बिन्दुमा झरेको छ। बुधबार १ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ। 

वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिन्छ। तर चुनावी परिणामले सिर्जना गर्नसक्ने सरकार गठनको अन्योलताले सेयर बजारमा प्रभाव परेको विश्लेषकहरू बताउँछन्। मिश्रित चुनावी मतपरिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिँदा सेयर बजार बढ्न सकेन। 

पछिल्ला दिनमा निर्वाचनको माहोलमा सकारात्मक प्रभाव देखिएको बजारमा चुनावको सुरुवाती परिणाम आइरहँदा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। मिश्रित चुनावी परिणामले सेयर लगानीकर्तामा झनै अन्योल थपिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजारमा गति अनुमान गर्न सकिने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend