काठमाडौं- गएको आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै कर तिरेको मनकामना केबलकार प्रालिलाई सम्मान गरिएको छ।
११ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले मनकामना केबलकार कम्पनीलाई सम्मान गरेको हो।
मनकामनामा केबलकार सञ्चालन गरिरहेको यो कम्पनीले २४ वर्षदेखि सेवा दिइरहेको छ। नेपालकै लोकप्रिय केबलकारमा कम्पनीले अर्को होटल परियोजना पनि अघि बढाउने भएको छ।
हालैमात्र केबलकारको प्रविधि परिवर्तन गरेर आधुनिक बनाएको कम्पनीले सेवा र सुविधामा पनि स्तरोन्नति गर्दै आएको छ।