शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल बैंकको आउँदैछ बोनस सेयरसहित आकर्षक लाभांश, कति आउला?

images
बुधबार, मंसिर ७ २०७९
images
नबिल बैंकको आउँदैछ बोनस सेयरसहित आकर्षक लाभांश, कति आउला?
images
images

काठमाडौं- लगानीकर्तालाई केही दिनमै आकर्षक लाभांश आउने चर्चाले नबिल बैंकको सेयरमा लगातार सकारात्मक वृद्धि भइरहेको छ। चुनावअघि लगातार बढेको नबिलको सेयर मूल्य मंगलबार पनि केही बढेको छ। मंगलबार केही बढेर सेयर मूल्य ८२९ रुपैयाँमा अन्तिम कारोबार भएको हो। 

images
images
images

अधिकांश बैंकले नगद लाभांश घोषणा गरिरहेकाबेला लगानीकर्ताको ध्यान नबिलतिर केन्द्रित भएको छ। बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। अन्य बैंकहरुले नगद नै दिएपनि नबिलले भने नगद र बोनस सेयर आधा आधा ल्याउने अनुमान गरिएको छ।  

images
images

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलको आर्कषक लाभांश आउने चर्चाले सेयर मूल्य बढेको छ। नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

images
images

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend