शनिबार, असोज १३ गते २०८०    

भारतले हटायो स्टिल निर्यातमा लगाएको कर

images
भारतले हटायो स्टिल निर्यातमा लगाएको कर

पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारत सरकारले निर्यात बढाउन कर हटाइदिएको छ। 

images

काठमाडौं- भारत सरकारले सन् २०२२ को मेदेखि स्टिल निर्यातमा लगाएको कर हटाइदिएको छ। भारतीय अर्थमन्त्रालयले सूचना जारी गर्दै स्टिलनका विभिन्न वस्तुको निर्यातमा लगाएको कर हटाएको  छ।

images

भारतीय आन्तरिक बजारमा महँगी बढेको भन्दै स्टिलका विभिन्न उत्पादित वस्तु तथा कच्चा पदार्थको निर्यातमा कर बढाएर ५० प्रतिशतसम्म पुर्‍याएको थियो। 

images

पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारत सरकारले निर्यात बढाउन कर हटाइदिएको हो। 

images

स्टिल वर, वायर रड लगायतका वस्तुको निर्यातमा लगाएको कर पनि हटाएको छ। यसबाट नेपालका स्टिल उद्योग पनि लाभान्वित हुने भएका छन्। 

images

विशेषगरी वायर रडको निर्यातमा १५ प्रतिशत कर लागेपछि नेपालका स्टिल उद्योग प्रभावित भएका थिए। भारतबाट वायर रड आयात गरि नेपालमा जीआई पाइप, तार, किला काँटा उत्पादन गर्दै आएका उद्योग बढेको करबाट प्रभावित भएका थिए। 

भारतले कर बढाएपछि नेपालका उद्योगको उत्पादन लागत बढेको थियो।

images

प्रकाशित : आइतबार, मंसिर ४ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ