शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पोखरामा आजदेखि क्यालिब्रेसन उडान सुरु हुँदै

images
images
images
तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पोखरामा आजदेखि क्यालिब्रेसन उडान सुरु हुँदै

क्यालिब्रेसन उडानको सबै तयारी पुरा भएको समेत उने बताए। क्यालिब्रेन उडानका लागि रिठेपानी डाँडा पनि १४ मिटर कटान भइसकेको छ।

images
images

काठमाडौं- नेपालको तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने भएको छ। निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएका उपकरण तथा प्राविधिक रुपमा हुने सबै परीक्षणका लागि आज सोमबारदेखि क्यालिब्रेसन उडान हुन लागेको हो।

images
images
images

क्यालिब्रेसन उडानका लागि एरो थाई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको छ। क्यालिब्रेसन उडान गर्ने जहाजले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए।

images

क्यालिब्रेसन उडानको सबै तयारी पुरा भएको समेत उने बताए। क्यालिब्रेन उडानका लागि रिठेपानी डाँडा पनि १४ मिटर कटान भइसकेको छ। एक सातासम्म विमानस्थलमा क्यालिब्रेसन उडान हुने छ। क्यालिब्रेसन उडान पछि कम्पनीले सुरुवातमा प्रारम्भिक र पछि अन्तिम रिपोर्ट दिने छ।

images

उक्त रिपोर्ट प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक संगठन आइकाओमा पठाउनेछ। सोही रिपोर्ट एरोनर्टिक इन्फर्मेसन पब्लिकेस प्रकाशन हुनेछ। प्रकाशन भएको ५६ दिन पछि विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्याता पाउने छ। तर यसै बीच प्राधिकरणले परीक्षणा उडान भने गर्ने सक्ने छ।  अन्तर्राष्ट्रिय उडानको मान्यता पनि एआइपीमा प्रकाशन भएको ५६ दिन पछि मात्रै पाउने छ।

images
images

विमानस्थल निर्माणको काम २०१७देखि सुरु भएको थियो। २०२१ को जुलाई सम्ममा विमानस्थल निर्माणको काम सक्ने लक्ष्य सहित विमानस्थल निर्माणको काम सुरु गरिएको थियो। तर कोरानाका कारण विमानस्थल निर्माणमा एक वर्षभन्दा बढी ढिलाई भएको थियो।

विमानस्थलमा २५ सय मिटरको रनवेसँग टर्मिलन भवन सहित १४ वटा भवन निर्माण भएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थलानी भएको थियो।

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण भएको पोखरा  अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हव बनाउँदै बुद्ध एयर

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिष विमानस्थललाई काठमाडौ पछि हव बनाएर अन्तरप्रदेश तथा भारतका विभिन्न गन्तव्यमा उडान गर्ने उद्घोष गरिसकेको छ।

बुद्ध एयरले अहिले पुरानै पोखरा आन्तरिक विमानस्थलबाट देशका विभिन्न शहरमा उडान गरिरहेको छ। बुद्धले यसैगरी बनारस उडान गर्ने घोषणा गरेको छ। यसअघि नियमित रुपमा काठमाडौं-बनारस-काठमाडौं उडान गर्दै आएको बुद्धले पोखराबाट उडान गर्ने तयारी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ को जनवरीदेखि उडान सञ्चालन गर्ने तयारी गरेकोले बुद्ध एयरले पोखराबाट उडान गर्न लागेको जनाएको छ।

बुद्ध एयरले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान गर्ने गरी तयारी थालेको समेत जनाएको छ। बुद्धले रुट परमिट पाएमा पोखरा-दिल्ली-पोखरा सातामा दुई दिन उडान गर्नेसमेत घोषणा गरेको छ। त्यस्तै सातामा तीन दिन पोखरा-देहरादुन-पोखरा उडान गर्ने समेत बुद्धले जनाएको छ। साथै श्री एयरलाइन्सले पनि पोखराबाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ।

यसैगरी हिमालय एयरलान्सले पनि पोखराबाट चीनको विभिन्न गन्तव्यमा उडान गर्ने गरी तयारी गरिररहेको छ।

images

प्रकाशित : सोमबार, मंसिर ५ २०७९०१:३९

प्रतिक्रिया दिनुहोस