शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

व्यावसायिक पशुपालनमा मधेश प्रदेश पछाडि

images
बिजनेस न्युज
images
images
व्यावसायिक पशुपालनमा मधेश प्रदेश पछाडि

सङ्ख्याका हिसाबले उल्लेख्य मात्रामा फार्म सञ्चालनमा आए पनि नेपाल भने अझै दूध तथा दूग्धजन्य पदार्थ एवं मासुमा आत्मनिर्भर हुनसकेको छैन। नेपालमा सबैभन्दा धेरै राँगा भैँसीको मासु खपत हुने गरेको छ। 

images
images

काठमाडौं- नेपाली किसान थारा गाई पालनबाट सोचे जति दुःखी देखिँदैनन्। उनीहरूका लागि थारागाई पालन बाध्यता होइन रहर बनेको छ। गाई नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर संरक्षण गर्नुलाई आम किसानले रहर सम्झेका छन्। आम नेपालीले गाईलाई लक्ष्मीको अवतारका रुपमा पुज्ने गर्छन्। त्यसैले, दूध दिन छोडेका बुढा एवं थारागाई पालनबाट किसानले यहाँ प्राङगारिक मल उत्पादन गर्ने गरेका छन्।

images
images
images

दूधालु गाईपालन भन्दा थारा गाईको सङ्ख्या ३७ प्रतिशत अर्थात नौ हजार एक सय चार छ। देशभर दूधालु गाईको सङ्ख्या ६३ प्रतिशत अर्थात् १५ हजार तीन सय आठ छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कमा देशभर छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म छन्। जसमध्ये एकहजार दुई सय ३३ गाई, नौ सय १४ भैँसी, ४३ राँगा, दुई हजार दुई सय ९५ बाख्रा तथा च्याङ्ग्रा, पाँच सय ७२ भेडापालन व्यावसायिक रुपमा सञ्चालनमा छन्। 
 
सङ्ख्याका हिसाबले उल्लेख्य मात्रामा फार्म सञ्चालनमा आए पनि नेपाल भने अझै दूध तथा दूग्धजन्य पदार्थ एवं मासुमा आत्मनिर्भर हुनसकेको छैन। नेपालमा सबैभन्दा धेरै राँगा भैँसीको मासु खपत हुने गरेको छ। 

images

नेपाललाई वार्षिक तीन लाख लिटर दूध अपुग रहेको छ भने मासुमा राँगाभैँसीको मासु खपत ६० प्रतिशत हुन्छ। सबैभन्दा धेरै राँगाभैँसीको मासु उपत्यकामा खपत हुन्छ। तथ्याङ्कमा एक सय १८ मासु प्रयोजनका लागि र तीन सय ६४ पाठापाठी उत्पादनका लगि सुङ्गुरपालन फार्म सञ्चालनमा छन्। 

images

गाईभैँंसी (मिश्रित) फार्म चार सय ८३ भेडाच्याङ्ग्रा र बाख्रा (मिश्रित) एक सय ९८ र अन्य मिश्रित दुई सय ६५ फार्म छन्। व्यावसायिक पशुपालनमा प्रदेश नं १ मा सबैभन्दा धेरै एक हजार दुई सय ७० र सबैभन्दा कम मधेश–प्रदेशमा चार सय चार पशुपालन फार्म छन्। 

images
images

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, विश्व खाद्य तथा कृषि सङ्गठन र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त प्रयासमा तयार गरी सार्वजनिक गरिएको तथ्याङ्कमा जम्मा ४४ हजार आठ सय ७३ गाईगोरु व्यावसायिक पालन गरिएकोमा उन्नत गाईगोरुको सङ्ख्या ३३ हजार सात सय ५७ छ। 

तथ्याङ्कमा सबैभन्दा उन्नत गाईगोरु बागमती प्रदेशमा नौ हजार तीन सय ६४ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७४ छन्। त्यसैगरी देशैभर कूल ३४ हजार छ सय ५३ राँगाभैँसी व्यवसायिक रुपमा पालिएका छन्। जसमध्ये उन्नत जातका राँगाभैँसीको सङ्ख्या २४ हजार चार सय ४७ छन्। सबैभन्दा बढी गण्डकी प्रदेशमा ११ हजार चार सय ६९ र सबैभन्दा कम सूदुरपश्चिम प्रदेशमा एक हजार छ सय ३० छन्। 

त्यसैगरी एक लाख ५० हजार पाँच सय ६८ बाख्रा व्यवसायिक रुपले पालन गरिएको छ। जसमध्ये उन्नत जातका बाख्राको सङ्ख्य ६७ हजार ६७ छ। उन्नत जातका बाख्रामा बोर जातका बाख्रा सबैभन्दा धेरै ३१ हजार छ सय ३७ र जमुनापारी जातका २३ हजार छ सय ६३ बाख्रा व्यावसायकि रुपमा पालन गरिएको छ। सबैभन्दा धेरै बाख्रापालन प्रदेश नं १ मा ३३ हजार दुई सय १३ र सबैभन्दा कम मधेश प्रदेशमा छ हजार पाँच सय दुई रहेको उल्लेख छ। 

नेपालमा व्यावसायिक च्याङ्ग्रापालनको सङ्ख्या ३१ हजार सात सय ८१ र भेडा ८८ हजार चार सय २१ छ। सबैभन्दा धेरै बरुवालजातको भेडा १३ हजार तीन सय ३४ र सबैभन्दा कम छ हजार दुई सय ४८ कागे जातका छन्। सबैभन्दा धेरै भेडा तथा च्याङग्रा ३४ हजार नौ सय ७५ कर्णाली प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा तीन सय ९५ वटा पालन गरिएको छ। 

नेपालमा व्यावसायिक सुङ्गुरपालनको सङ्ख्या ३८ हजार तीन सय छ छ। सबैभन्दा धेरै सुङ्गुरपालन प्रदेश नं १ मा १६ हजार आठ सय ८४ र सबैभन्दा कम मधेश प्रदेशमा पाँच सय २८ पालन गरिएको छ। दूधालु गाई १५ हजार तीन सय ८० वटाबाट दूध दिने अवधिसम्म चार करोड ५८ लाख तीन हजार चार ५७ लिटर दूध उत्उपादन हुने गरेको छ। 

सबैभन्दा धेरै दूध बागमती प्रदेशमा एक करोड ३५ लाख ९८ हजार पाँच सय १० लिटर दूध उत्पादन हुन्छ। स्थानीय जातका गाईले सरदर नौ महिना र उन्नत जातका गाईले दश महिना दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ। प्रति गाई दिन सरदर १० लिटर दूध उत्पादन हुने गरको छ। नेपालमा व्यावसायिक भैँसी फार्मबाट ८३ लाख ८८ हजार एक सय ८३ लिटर दूध उत्पादन हुने गरेको छ। नेपालमा भैँसीको दूध उत्पादन गण्डकी प्रदेशमा धेरै हुने गरेको छ। भैँसीले सरदर नौ महिनासम्म दूध दिने गरेको तथ्याङ्कमा उल्लेख छ। रासस

images

प्रकाशित : शुक्रबार, मंसिर २ २०७९१०:२६
प्रतिक्रिया दिनुहोस