काठमाडौं- ग्लोबल आईएमई बैंकले हु्न्डाईका विद्युतीय गाडि खरिद गर्नका लागि सरल र सस्तो कर्जा दिने भएको छ।
बैंक र हुन्डाइको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार समझदारी अनुसार बैंकले हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।
आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।