शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बुद्धभूमीकाे ओपनिङ कारोबार न्युनतम ८४.०५ देखि अधिकतम २५२.१५ रुपैयाँ मात्रै

images
शुक्रबार, असोज २२ २०७८
images
images
बुद्धभूमीकाे ओपनिङ कारोबार न्युनतम ८४.०५ देखि अधिकतम २५२.१५ रुपैयाँ मात्रै

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको पहिलो कारोबार न्युनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँबाट हुनेछ। बुद्धभुमी नेपालको पछिल्लो लेखापरिक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ ८४.०५ रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको पहिलो कारोबार न्युनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँबाट हुनेछ। बुद्धभुमी नेपालको पछिल्लो लेखापरिक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ ८४.०५ रुपैयाँ रहेको छ।

images
images
images

नियम अनुसार दोस्रो बजारमा सूचिकृत कम्पनीको पहिलो कारोबार नेटवर्थको अधिकतम तीन गुणासम्मबाट सुरु हुने व्यवस्था छ। यहि नियम अनुसार बुद्धभुमीले पहिलो कारोबारको रेञ्ज ८४.०५ रुपैयाँदेखि २५२.१५ रुपैयाँसम्म हुनेछ।

कम्पनीले नुवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य ९५ प्रतिशतसम्म सम्पन्न भएको छ। आयोजनाको कुल लगात १ एक अर्ब १९ करोड रुपैयाँको अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ पर्न जान्छ।

images

आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेकाले चालु आर्थिक वर्षदेखि नै आयोजनाले आम्दानी सुरु गर्ने अनुमान गरिएको छ। यदि लक्ष्य अनुसार आयोजनाले आम्दानी सुरु गरेका खण्डमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। आयोजनाले आफ्नो पुर्ण क्षमता अनुसार सञ्चालन भयो भने आर्थिक वर्ष २०८०/८१ मा प्रति सेयर आम्दानी २०.७५ रुपैयाँ हुने अनुमान गरिएको छ।

images

यहि हिसावले आम्दानी भयो भने कम्पनीले अवको ६ वर्ष भित्रमा साधारण लगानी फिर्ता गर्न सक्ने प्रक्षेपण गरिएको छ। तर आयोजनाको डिस्काउन्टमा फिर्ता हुने अवधि भने झण्डै ९ वर्ष लाग्ने छ। 

कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। ४० करोड रुपैयाँ मध्ये ७० प्रतिशत हिस्सा संस्थापक शेयरधनीहरुको रहेको छ। बाँकी १० प्रतिशत उद्योग प्रभावित क्षेत्र नुवाकोट जिल्ला बासिन्दाका लागि र २० प्रतिशत सर्वसाधारणको रहेको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्याम बहादुर श्रेष्ठ रहेका छन्। उनको वार्षिक तलब भत्ता सुविधा २५ लाख ९२ हजार रुपैयाँ रहेको छ। कम्पनीको सञ्चालक समितिको अध्यक्ष पूर्ण लाल श्रेष्ठ रहेका छन। कम्पनीको अधिकाम्स आधारभुत शेयरधनीहरु नुवाकोटबासी रहेका छन्। 

 

 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend