शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

तीन महिनामा १६ प्रतिशतले बढ्यो रेमिट्यान्स, १२ अर्बले बचतमा शोधनान्तर 

बुधबार, कात्तिक ३० २०७९
तीन महिनामा १६ प्रतिशतले बढ्यो रेमिट्यान्स, १२ अर्बले बचतमा शोधनान्तर 

असोजमा मूल्यवृद्धि ८.५० प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा भदौमा मूल्यवृद्धि उच्च बिन्दु अर्थात् ८.६४ प्रतिशत पुगेको थियो। असोजमा केही मत्थर भएको छ।  

काठमाडौं- गएको आर्थिक वर्षदेखि नै निरन्तर घाटामा रहेको शोधनान्तर अवस्था असोजमा आएर बचतमा गएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मुलुकको शोधनान्तर अवस्था १२ अर्ब ४३ करोडले बचतमा रहेको छ। गत वर्षको अवधिमा ८७ अर्बले घटामा थियो। 

रेमिट्यान्समा निरन्तरको वृद्धि तथा आयात मत्थर हुँदा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार तीन महिनामा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको छ। तीन महिनामा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो। 

असोजमा आएर विदेशी मुद्राको सञ्चिति पनि थपिएको छ। भदौको तुलनामा असोजमा १३ करोड अमेरिकी डलर थपिएर कुल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ। 


आयात घटेको र विदेशी मुद्राको सञ्चितिमा उतारचढाव धेरै नहुँदा आयात धान्ने क्षमतामा पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अहिलेको सञ्चितिले ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्छ। 

तीन महिनामा चालु खाता घाटा ३४ अर्ब २८ करोड पुगेको छ। यो भदौको तुलनामा ३ अर्बले न्यून हो।  अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा सुधार देखिएको छ। गत वर्ष चालु खाता घाटा १ खर्ब ४९ अर्ब पुगेको थियो।

असोजमा मूल्यवृद्धि ८.५० प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा भदौमा मूल्यवृद्धि उच्च बिन्दु अर्थात् ८.६४ प्रतिशत पुगेको थियो। असोजमा केही मत्थर भएको छ।  

समग्रमा रेमिट्यान्समा वृद्धि तथा आयातमा कमी आएकाले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख रहेको राष्ट्र बैंकको विश्लेषण छ। 


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend