शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्दा विकास बैंकहरुले घटाए ब्याज

बुधबार, कात्तिक ३० २०७९
वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्दा विकास बैंकहरुले घटाए ब्याज

काठमाडौं-वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखिरहेकावेला विकास बैंकहरुले ब्याज दर घटाउने निर्णय गरेका छन्। विकास बैंकहरुको  निक्षेपको ब्याज दर ०.१५ प्रतिशतले घटाउने निर्णय गरेका हुन्। 

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज हुँदै गएकाले ब्याज घटाएको जनाएका छन्। अब विकास बैंकहरुको साधारण मुद्दति निक्षेपको अधिकतम ब्याज १२.८५ प्रतिशत हुने छ। बचतको अधिकतम ९.८५ प्रतिशत हुने छ। 

विकास बैंकहरुले मुद्दतिको ब्याज १२.१३३ प्रतिशत नै हुने छ। बचतको पनि ९.१३३ प्रतिशत यथावत हुने छ। निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंकले सांकेतिक रुपमा भएपनि घटाएको हो।

 


प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend