शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

images
मंगलबार, कात्तिक २९ २०७९
images
नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन्।

images
images

काठमाडौं- नेपालमा कुल छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्यांक सार्वजनिक भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

images
images
images

विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालय (तत्कालीन केन्द्रीय तथ्यांक विभाग) ले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभरि व्यावसायिकरुपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेको थियो।

images
images

सर्वेक्षणको नतिजाअनुसार देशभर एक हजार दुई सय ३३ वटा गाईपालन फार्म र नौ सय १४ वटा भैँसीपालन फार्म रहेका छन्। त्यस्तै, ४३ वटा राँगापालन फार्म, दुई हजार दुई सय ९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्म, पाँच सय ७२ वटा भेडापालन फार्म रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। मासु प्रयोजनका लागि एक सय १८ वटा र पाठापाठी उत्पादन प्रयोजनका लागि तीन सय ६४ वटा सुँगुरपालन फार्म सञ्चालनमा रहेको पनि उक्त प्रतिवेदनमा जनाइएको छ।

images
images

यो सर्वेक्षणले नेपालमा गाई/भैँसीपालन (मिश्रित) फार्म चार सय ८३ वटा, बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म एक सय ९८ वटा र गाई/भैँसीपालन तथा बाख्रा/च्याङ्ग्रा/भेडापालन (मिश्रित) फार्म दुई सय ६५ वटा रहेको देखाएको छ।

यस्ता व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश नम्बर १ मा सबैभन्दा बढी अर्थात् एक हजार दुई सय ७० र मधेस प्रदेशमा सबैभन्दा कम अर्थात् चार सय चार वटा फार्म रहेको पाइएको छ। सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४४ हजार आठ सय ७३ वटा गाई/गोरु व्यावसायिकरुपमा पालिएको देखाएको छ।

जसमध्ये उन्नत जातका गाई/गोरुको सङ्ख्या ३३ हजार सात सय ५७ (७५ प्रतिशत) रहेको छ। यिनीहरुमध्ये दूध दिने र नदिने गाईको सङ्ख्या क्रमशः १५ हजार तीन सय ८० (६३ प्रतिशत) र नौ हजार एक सय चार (३७ प्रतिशत) रहेको छ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् नौ हजार तीन सय ६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा कमअर्थात् दुई हजार दुई ७४ वटा गाई गोरु सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ। यसैगरी, यो सर्वेक्षणले नेपालमा ३४ हजार छ सय ५३ वटा राँगा/भैँसी व्यावसायिकरुपमा पालिएको देखाएको छ। जसमध्ये उन्नत जातका राँगा/भैँसीको सङ्ख्या २४ हजार चार सय ४७ (७१ प्रतिशत) रहेको छ। 

यिनीहरूमध्ये दूध दिने र नदिने भैँसीको सङ्ख्या क्रमशः १० हजार आठ सय ४१ (६१ प्रतिशत) र छ हजार नौ सय ३१ (३९ प्रतिशत) रहेको छ। सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ११ हजार चार सय ६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम अर्थात् एक हजार छ सय ३० वटा भैँसी सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ।

सर्वेक्षणले नेपालमा जम्मा एक लाख ५० हजार पाँच सय ६८ वटा बाख्रा, ८८ हजार चार सय २१ वटा भेडा र ३८ हजार तीन सय ६० वटा सुँगुर व्यावसायिकरुपमा पालेको देखाएको छ। प्रतिवेदनअनुसार १५ हजार तीन सय ८० वटा दूध दिने गाई चार करोड ५८ लाख ३ हजार चार सय ५७ लिटर दूध उत्पादन भएको देखाएको छ। 

यसैगरी व्यावसायिक फार्म बाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ। यो सर्वेक्षणको लागि मुलुकभर जम्मा सात सय ९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend