शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एमजीको सस्तो मूल्यको विद्युतीय कार ‘एयर ईभी’ अटो एक्सपोमा सार्वजनिक हुने, यस्ता छन् विशेषता

images
images
images
एमजीको सस्तो मूल्यको विद्युतीय कार ‘एयर ईभी’ अटो एक्सपोमा सार्वजनिक हुने, यस्ता छन् विशेषता

अटो एक्सपो २०२३ जनवरीमा हुँदैछ, त्यहीँ जनवरी पाँचमा एयर ईभी सार्वजनिक हुनेछ।

images
images

काठमाडौं- चिनियाँ कम्पनीको स्वामित्वमा रहेको बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) भारतीय बजारलाई लक्षित गरेर सस्तो मूल्यको विद्युतीय कार सार्वजनि गर्ने मिति तय भएको छ। एमजीले ल्याउने सानो आकारको विद्युतीय ह्याचब्याक कार एमजी एयर ईभी आगामी जनवरी पाँचमा सार्वजनिक हुने भएको छ।  

images
images
images

भारतको नोयडामा हुने दिल्ली अटो एक्सपो २०२३ मा एयर ईभी औपचारिक रुपमा सार्वजनिक हुने भएको छ। अटो एक्सपो २०२३ जनवरीमा हुँदैछ, त्यहीँ जनवरी पाँचमा एयर ईभी सार्वजनिक हुनेछ। हाल इन्डोनेसियामा वीलिङ एयर ईभीका नाममा बिक्री भइरहेको कार भारतमा परिमार्जनसहित एमजी एयर ईभीका रुपमा सार्वजनिक हुनेछ। 

images

एमजी एयर ईभी १७.३ केडब्लूएच र २६.७ केडब्लूएच ब्याट्री प्याकमा आउने छ जसले एकपटकको फुल चार्जमा २ सयदेखि ३ सय किलोमिटर रेन्ज दिनेछ। भारतीय ईभी बजारमा एमजी नयाँ प्लेयर भने होइन। हाल एमजीको जेडएस ईभी भारतमा पनि बिक्री भइरहेको छ। हाल सानो संख्यामा विद्युतीय कार बिक्री गर्दै आएको एमजी अब सानो आकारको विद्युतीय कार ठूलो संख्यामा उत्पादन गरेर ठूलै लेखाडी बन्ने दाउमा रहेको छ। 

images

एमजीले केही महिनायता भारतमा एयर ईभीको परीक्षण गरिरहेको थियो। चीनमा सर्वाधिक बिक्री हुने सानो कार विलिङमा आधारित रहेर एमजीले एयर ईभी बनाएको हो। 

images
images

सुजुकी अल्टो वा महिन्द्रा ईटूओजस्तै आकारमा एमजी एयर ईभी आउने अनुमान धेरैको छ। चीनको एसएआईसी ग्रुप अन्तर्गत एसएआईसी जीएम-विलिङ संयुक्त उपक्रमले ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल (जीएसईभी)मा आधारित रहेर चीनमा विलिङ मिनि कार बनाएका हुन्।

एमजी एयरको मूल्य ८ लाखदेखि १० लाख भारु पर्ने अनुमान गरिएको छ। एमजीले पनि आगामी वर्ष भारतमा बिक्री हुने कुल कारको एक चौथाई विद्युतीय कार बिक्री गर्ने योजना अघि सारेको छ। 

एमजी एयर ईभीले टाटा टियागो ईभी र अबको केही समयपछि सार्वजनिक हुने सिट्रोनको सीथ्री ईभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ। 

नेपालमा पनि विश्वसनीय ब्रान्डका सस्तो मूल्यका विद्युतीय कारको पर्खाइमा रहेका उपभोक्ताको संख्या ठूलै रहेको छ। यसरी विद्युतीय कार पर्खने उपभोक्ताका लागि टाटा टियागो ईभी र एमजी एयर ईभी उपयुक्त विकल्प हुनसक्छ। त्यस्तै भारतमा सार्वजनिक भएपछि सिट्रोन सीथ्री ईभी पनि नेपाली बजारमा आउने निश्चित छ।

भारतमा सार्वजनिक भएको केही महिनापछि नेपाल आउनु अनुमान गरिएको एमजी एयर ईभीको नेपाली बजार मूल्य ३० देखि ३५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ। भारतमा यो कारको मूल्य निर्धारण भएपछि यसबारे भन्न सकिन्छ। तर यो कारमा १ सय किलोवाट क्षमतासम्मकै मोटर हुने भएकाले नेपाल आयात गर्दा कर भने कम पर्ने निश्चित छ। 

images

प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९११:०८

प्रतिक्रिया दिनुहोस