बिहीबार , वैशाख १३ गते २०८१    
images
images

लगानीकर्ता नयाँ सरकारको पर्खाइमा हुँदा सेयर बजार स्थिर, चुनावपछि के हाेला?

मंगलबार ६.५९ अंकको गिरावट

images
images
images
लगानीकर्ता नयाँ सरकारको पर्खाइमा हुँदा सेयर बजार स्थिर, चुनावपछि के हाेला?

सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा सोमबारको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

images
images

काठमाडौं- चुनावअघी बजार बढ्ने आंकलन गरेता पनि बढ्न भने सकेन। गत आइतबार १०.५४ अंकले घटेको बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको थियो। तर मंगलबार भने बजार ६.५९ अंकले घटेको छ। चुनावपछि बन्ने नयाँ सरकार र अर्थमन्त्री हेरेर मात्रै बजार बढ्ने देखिएको छ। जसका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। 

images
images
images

मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८ सय ९७.८६ बिन्दुमा रोकिएको छ। मंगलबार २७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ कराेड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।  

images

सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा सोमबारको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

images

सोमबार २१.२६ अंकले बढेर बजार १९०४.४३ बिन्दुमा पुगेको थियो। १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। 

images
images

पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीर्ताहरू निरास भइरहेको संकेतहरू देखिएका छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएको बजारमा खास उत्साह देखिन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ। 

यता वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। 

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो। बढ्दो ब्याज विरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। विश्लेषकहरुले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएकोले चुनावपछि बजार बढ्ने अनुमान गरेका छन्। 

धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा हुनुका साथै निर्वाचनको माहोल चरम बिन्दुमा पुगेको अवस्थामा पनि बजारले अपेक्षाकृत साथ पाउन सकेको छैन।

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

images

प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस