शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकहरुले मंसिरमा ब्याज नबढाउने

मंगलबार, कात्तिक २९ २०७९
वाणिज्य बैंकहरुले मंसिरमा ब्याज नबढाउने

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

काठमाडौं- वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएका छन्। नेपाल बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो। 

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिँदै मंसिर महिनामा ब्याज नबढाउने निर्णय गरेको हो। बढ्दो ब्याज विरुद्ध उद्योगी व्यवसायीले देशब्यापी आन्दोलन गरेपछि ब्याज घट्न सक्ने अपेक्षा गरिए पनि बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई यथावत राख्ने निर्णय गरेका हुन्। 

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। साधारण बचत खातामा १०.३३३ प्रतिशत ब्याज तोकिएको छ। 

प्रत्येक तीन महिनामा परिवर्तन भएको आधार दर लागु हुने भएकाले बैंकहरुले गत असोज महिनामा पछिल्लो ७ महिनादेखि स्थिर रहेको ब्याज बढाएका थिए।


प्रकाशित : मंगलबार, कात्तिक २९ २०७९०६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend