मंगलबार, वैशाख ११ गते २०८१    
images
images

२१ वित्तीय संस्था गाभिएर बन्ने भयो नेपालकै ठूलो बैंक : नाम ग्लोबल आइएमई बिओके लिमिटेड, चुक्तापुँजी ३६ अर्ब

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न/गाभिनको लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर, ५७ अर्ब कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्दै

images
images
images
२१ वित्तीय संस्था गाभिएर बन्ने भयो नेपालकै ठूलो बैंक : नाम ग्लोबल आइएमई बिओके लिमिटेड, चुक्तापुँजी ३६ अर्ब

यी दुई बैंक गाभिएपछि बन्ने कम्पनीमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएका हुनेछन्। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड हुनेछ भने त्यसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिन सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे।

images
images
images

यी दुई बैंक गाभिएपछि बन्ने कम्पनीमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएका हुनेछन्। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई बीओके लिमिटेड हुनेछ भने त्यसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

images

मर्जरपश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुग्नेछ। साथै, कूल निक्षेप  ४ खर्ब रुपैयाँ र  कूल कर्जा  ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

images

यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

images
images

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सम्झौतापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

असोज मसान्तसम्मको दुवै बैंकको खुद नाफा १ अर्ब ४७ करोड रुपैयाँभन्दा छ। दुई बैंकहरूको मर्जर पश्चात् कूल ३ सय ८५ शाखा, ३ सय ६७ एटिएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरू पुग्छन्। अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुने दाबी स‌ंयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुवै बैंकहरू एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भइ ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने संयुक्त प्रतिवद्धता ब्यक्त गरे।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए। मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको भनाइ राखे।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए। 'मुलुकको आर्थिक रुपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बीओकेले गर्नेछ,' उनले भने। मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास उनले प्रकट गरे।

images

प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०४:००
  • सम्बन्धित विषय:

  • # globalimebank
  • # merger
  • # nepal
  • # bank


  • प्रतिक्रिया दिनुहोस