शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

एकदिनको ओरालोपछि दोहोरो अंकले बढ्यो सेयर बजार, कायम रहला वृद्धि?

images
images
एकदिनको ओरालोपछि दोहोरो अंकले बढ्यो सेयर बजार, कायम रहला वृद्धि?
images
images

काठमाडौं- यो साता आइतबार १०.५४ अंकले घटेको बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको छ। सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा सोमबारको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार लयमा फर्कने अनुमान विश्लेषकहरूले गरेका छन्। 

images
images
images

सोमबार २१.२६ अंकले बढेर बजार १९०४.४३ बिन्दुमा पुगेको छ। १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

images

पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीर्ताहरू निरास भइरहेको संकेतहरू देखिएका छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएको बजारमा खास उत्साह देखिन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ।

images

धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा हुनुका साथै निर्वाचनको माहोल चरम बिन्दुमा पुगेको अवस्थामा पनि बजारले अपेक्षाकृत साथ पाउन सकेको छैन।

images
images

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

images

प्रकाशित : सोमबार, कात्तिक २८ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस