आइतबार, भदौ २३ गते २०८१    
images
images

इसेवा र एमबैंकबीच सम्झौता, ४५० सहकारी डिजिटल भुक्तानीमा जोडिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
images
इसेवा र एमबैंकबीच सम्झौता, ४५० सहकारी डिजिटल भुक्तानीमा जोडिने 

हाल देशभर एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका  इसेवाले जानकारी दिएको छ। 

images
images

काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ ।

images
images
images

सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले  दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ । 

इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्सफर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर/डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा  उपयोग गर्न पाइनेछ । 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल देशभर एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका  इसेवाले जानकारी दिएको छ। 

images

'एम बैंक' नेपालमा सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ४ सय ५० बढि सहकारीलाई डिजिटलाइज गरिसकेको छ ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend