शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निरस बन्दै सेयर बजार; लगानीकर्तामा छैन उत्साह, ओरालोतिर पहिलो कारोबार

आइतबार, कात्तिक २७ २०७९
निरस बन्दै सेयर बजार; लगानीकर्तामा छैन उत्साह, ओरालोतिर पहिलो कारोबार

काठमाडौं- पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारमा लगानीर्ताहरू निरास भइरहेको संकेतहरू देखिएका छन्। चुनावी माहोलले बढ्ने अपेक्षा गरिएको बजारमा उत्साह देखिन सकेको छैन। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ।

धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा हुनुका साथै निर्वाचनको माहोल चरम बिन्दुमा पुगेको अवस्थामा पनि बजारले अपेक्षाकृत साथ पाउन सकेको छैन।

यो साता आइतबारको पहिलो कारोबारमा १०.५४ अंकले घटेर बजार १८८३.१६ बिन्दुमा झरेको छ। आइतबार ७७ करोड ४९ लाख रुपैयाँको मात्र कारोबार हुँदा ४४ कम्पनीको सेयर मूल्य बढेको छ। 

सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा गएको साता पहिलो कारोबारमा आइतबार ४३.२० अंकले बढेर त्यसपछि लगातार ७१.६७ अंकले घट्न पुगेको थियो। 

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend