शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेप्सेको पुरानो वेबसाइट बन्द, आज बाट नयाँमा मात्रै अपडेट हुने

आइतबार, कात्तिक २७ २०७९
नेप्सेको पुरानो वेबसाइट बन्द, आज बाट नयाँमा मात्रै अपडेट हुने

नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो।

काठमाडौं-नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले सूचना  जारी गर्दै नेप्सेको पुरानो वेबसाइट ज http://www.nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने समेत जनाएको छ। 

यस सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/  कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने समेत नेप्सेले जनाएको छ। हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो।

नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो। नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)  को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा  नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ। कार्तिक २७ गतेपछि  सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ। 

 सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने समेत नेप्सेले प्रष्ट पारेको छ ।


प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend