शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

अमेरिकामा भन्दा चीनमा बनेको टेस्ला कार ३ हजार डलर सस्तो, चीनबाट अमेरिका निर्यात हुँदै 

images
images
images
अमेरिकामा भन्दा चीनमा बनेको टेस्ला कार ३ हजार डलर सस्तो, चीनबाट अमेरिका निर्यात हुँदै 

तर चीन संसारकै सबैभन्दा ठूलो कार बजार भइकनपनि आयातित कारमा जम्मा १५ प्रतिशत मात्र कर लगाउँदै आएको छ। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुँदा अमेरिका र चीनबीच करमा चर्कै विवाद भएको थियो। 

images
images

काठमाडौं- टेस्ला अमेरिकाको चर्चित विद्युतीय कार उत्पादक कम्पनी हो। टेस्लाले संसारभर विद्युतीय कारमा एउटा मानक नै बनाएको छ। सुरुमा अमेरिकामा मात्र उत्पादन प्लान्ट रहेको टेस्लाले आफ्नो दास्रो प्लान्ट अमेरिका बाहिर त्यसमा पनि चीनलाई नै रोज्यो। 

images
images
images

चीनपछि टेस्लाले आफ्नो गिगाफ्याक्ट्री जर्मनीमा बनाएर कार उत्पादन नै सुरु गरिसकेको छ। त्यस्तै टेस्लाले अमेरिकामा पनि आफ्नो प्लान्ट विस्तार गरिरहेको छ। 

images

टेस्लाले आफ्नो उत्पादन विश्वभर बिक्री गर्ने गरि विभिन्न देशमा प्लान्ट स्थापना गरेको हो। चिनियाँ प्लान्टबाट उत्पादित कार चीन तथा एसिया र युरोप निर्यात गर्ने योजना टेस्ला र मस्कको थियो। तर भारतले आयातित कारको कर नघटाउने भनेपछि टेस्लाका कार भारत जान सकेन। युरोपका लागि जर्मनीमै प्लान्ट बन्यो। 

images

तर चीनमा उत्पादन सबै टेस्लाका कार त्यहीँ बिक्री नहुने भएपछि मस्कले अमेरिका निर्यात गर्ने तयारी गरेको रोयटर्सले लेखेको छ। चिनियाँ उपभोक्ताबाट टेस्लाका कारको माग कम भएको र लागत कम पर्ने भनेकाले चीनमा उत्पादित कार अमेरिका निर्यात हुन लागेको दाबी गरिएको छ। 

images
images

सबै प्रक्रियागत कुराहरू मिलेमा आगामी वर्षको सुरुवातदेखि नै चीनमा बनेका टेस्लाका मोडल वाई र मोडल थ्री अमेरिका निर्यात हुनेछ। अमेरिका निर्यात भयो भने त्यसले क्यानडा निर्यात गर्ने बाटो समेत खुल्ने बताइएको छ।२०२२ को सुरुवातमा स्तरोन्नती गरेसँगै टेस्लाको सांघाई गिगाफ्याक्ट्रीले वार्षिक ११ लाख विद्युतीय सवारी उत्पादन गर्ने क्षमता राख्छ। यो गिगाफ्याक्ट्रीलाई सर्वाधिक उत्पादनशिल हब बनाउने टेस्लाको योजना छ।

सांघाई प्लान्टबाट टेस्लाले मोडल थ्री मोडल वाई कार बनाइरहेको छ जुन चिनियाँ बजार र युरोप, अस्ट्रेलिया र दक्षिण एसिया निर्यात गर्ने योजना टेस्लाको हो। सांघाईमा भएको उत्पादन स्थानीय बजारमा बिक्री र निर्यातलाई उच्च प्राथमिता टेस्लाले दिएको छ। 

अमेरिकी डलरको तुलनामा कमजोर युआन, चीनमा कच्च पदार्थको मूल्य अमेरिकामा भन्दा कम हुनुले चीनमा उत्पाादित टेस्लाको विद्युतीय कार सस्तो रहेको छ। चीनको तुलनामा अमेरिकामा उत्पादित कार महँगो भएकाले मस्कले सांघाई गिगाफ्याक्ट्रीलाई पूर्ण क्षमतामा चलाएर कार अमेरिका निर्यात गर्ने तयारी गरेको हुन्। 

चीनमा उत्पादन भएको टेस्लाको विद्युतीय कार अमेरिका निर्यात गरेर त्यहाँ किनेका उपभोक्तालाई भने केही जटिलता हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले केही समयअघि पारित गरेको विद्युतीय सवारीमा सहुलियत सम्बन्धि व्यवस्था लागु हुने वा नहुनेमा आशंका गरिएको छ। 

अमेरिकी सरकारले ल्याएको विद्युतीय सवारीसम्बन्धि कानूनबाट हाल सबैभन्दा धेरै फाइदा लिने कम्पनी टेस्ला हो। अमेरिकाले विद्यूतीय सवारीमा सहुलियत बढाउँदा चीनले भने घटाएको छ। 

टेस्लाले चीनमा मोडल वाई ४९ हजार ३ सय ४४ डलरमा बिक्री गरिरहेको छ भने अमेरिकामा त्यही कारको मूल्य ६५ हजार ९ सय ९० डलर रहेको छ। चीनमा बनेका कारलाई अमेरिकाले २७.५ प्रतिशत कर लगाएको छ जबकी अन्य हलुका ट्रकमा २५ प्रतिशतमात्र कर लाग्दै आएको छ। 

तर चीन संसारकै सबैभन्दा ठूलो कार बजार भइकनपनि आयातित कारमा जम्मा १५ प्रतिशत मात्र कर लगाउँदै आएको छ। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुँदा अमेरिका र चीनबीच करमा चर्कै विवाद भएको थियो। 

चीनमा बनेको कार अमेरिका भित्र्याउने टेस्ला पहिलो कम्पनी भने होइन। केही वर्षअघि अर्को अमेरिकी कार उत्पादक जीएमले पनि चीनमा बनेको कार अमेरिका भित्र्याएको थियो। त्यतिबेला २५ प्रतिशतमात्र कर थियो अहिले त्यो बढेर २७.५ प्रतिशत रहेको छ। 

उच्च प्रविधि, आकर्षक डिजाइन र चुस्त कारले धेरैको ध्यान तानेको छ। यद्यपी तुलनात्मक रुपमा महँगो भएकाले आम रुपमा भने टेस्लाका उपलब्ध छैन। टेस्लाका सीईओ एलन मस्कले सस्तो मूल्यमा समेत विद्युतीय कार ल्याउने बताएका छन्। 

images

प्रकाशित : आइतबार, कात्तिक २७ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस