शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

विद्युतीय सवारीको ‘इकोसिस्टम’ बनाइरहेको टाटाको नेक्सन ईभीमा गति बढाउन आउँदै छ टियागो ईभी

नेपालमा पनि उत्कृष्ट लयमा छ टाटाका ईभी

images
images
images
विद्युतीय सवारीको ‘इकोसिस्टम’ बनाइरहेको टाटाको नेक्सन ईभीमा गति बढाउन आउँदै छ टियागो ईभी

टाटा मोटर्सले मागअनुसार टियागो ईभी सप्लाई गर्ने सक्यो भने विद्युतीय सवारी बिक्रीमा नेपाल तथा भारत दुवै देशमा नयाँ मानक कायम गर्नेछ। योसँगै टाटा मोटर्सले ल्याउने नयाँ विद्युतीय कारले कम्पनीको विद्युतीय कारको इकोसिस्टममा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभीले बनाएको जगमा पक्कै भीमकाट टावर निर्माण हुनेनै छ।

images
images

काठमाडौं- कमर्सियल सवारीबाट उचो छवि बनाएको टाटा मोटर्सले विद्युतीय सवारीतर्फ लम्किएको छ। भारतमा मात्र होइन नेपाली बाटोमा समेत टाटाका बस तथा ट्रक वर्षौंदेखि गुडिरहेकै छन्। जसरी टाटाले भारतमा विद्युतीय सवारीका लागि इकोसिस्टम बनाइरहेको छ त्यसरी नै नेपलमा पनि काम भइरहेको छ। 

images
images
images

२००० ताका टाटाले प्यासेन्जर कार उत्पादनमा हात हालेको थियो। हाल टाटा मोटर्स भारतको तेस्रो ठूलो प्यासेन्जर कार बिक्रेता कम्पनी हो। नेपालमा टाटाको प्यासेन्जर कार बिक्री भारतमा सरह नै रहेको छ। विद्युतीय कार नेक्सन ईभी ल्याएपछि टाटा मोटरर्सले भारत तथा नेपालमा नयाँ प्लेटफर्म नै बनाएको छ। 

images

टाटाले २०२२ को जनवरीमा नेक्सन ईभी औपचारिक रुपमा सार्वजनिक गरेको थियो। त्यसयता नेक्सन ईभी सवार्धिक बिक्री हुने विद्युतीय कार बन्न सफल भएको छ। गएको साता टाटा मोटर्सले ५० हजार औं कार (नेक्सन ईभी, टिगोर ईभी र एक्सप्रस-टी) उत्पादन गरेको हो। 

images

umesh 1112.jpeg

images
images

टाटा नेक्सनको बिक्री नेपाली बजारमा समेत उल्लेख रुपमा बढेको छ। आईसी इन्जिनयुक्त नेक्सन नेपाली एसयूभी बजारमा दोस्रो स्थानमा पुग्न सफल भएको छ। त्यस्तै अघिल्लो वर्ष सार्वजनिक भएको नेक्सन ईभी नेपाली बजारमा उल्लेख्य संख्यामा बिक्री भएको छ। नेक्सन ईभी नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीसमेत हो। 

नेक्सन ईभीको सबैभन्दा राम्रो पक्ष भनेकै अहिलेसम्म भारत तथा नेपालमा यसबारे कुनै नकारात्मक कुरा उठेको पाइँदैन। यसबाट केपनि बुझ्न सकिन्छ भने तिरिएको मूल्यका आधारमा नेक्सन ईभीका प्रयोगकर्ताहरू पूर्णतः सन्तुष्ट छन्। नेक्सन ईभीमा उपभोक्ता सन्तुष्ट हुनुमा आईसी इन्जिनयुक्त नेक्सनको ठूलो हात रहेको छ। नेक्सनको राम्रो पाटो भनेको यो कारले ग्लोबल एनक्यापमा सेफ्टी रेटिङमा पाएको फाइभ स्टार हो। 

नेक्सनको सबै सकारात्मम सूचककै कारण टाटा मोटर्सले आफ्नो विद्युतीकरणमा नेक्सन ईभीलाई नै अघि सारेको पाइन्छ। टाटा मोटर्सको विद्युतीकरण परियोजनामा नेक्सन ईभी नयाँ पाइटोको रुपमा हुर्किँदै गएको छ। नेक्नस ईभी टाटाको विद्युतीकरण योजनामा गेमचेन्जर देखिएको छ। गल्तीबाट सिक्दै र नयाँ प्रविधिमा आधारित नवीनतम सोचलाई उपयोग गरेर टाटाले विद्युतीकरणको यो खेलमा अब्बलता देखाउँदै आएको ‘स्कोर’ले नै पुष्टि गर्छ। 

नेक्सन ईभीमा विश्वले हासिल गरेको उपलब्धिलाई समावेश गरेर भारतीय उपभोक्ताको चाहनालाई धेरै हदसम्म सम्बोधन गर्नेगरि उत्पादन तयार गरेको क्रेसओभर एसयूभी हो। 

टाटाले २१औँ शताब्दीको पहिलो दशकमा अमेरिकी कम्पनी फोर्डको स्वामित्वमा रहेको बेलायती विलाशी कार उत्पादन कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) खरिद गर्यो। त्यसपछि टाटाले जेएलआरमा भएका केही प्रविधि टाटाको लोगोमा उत्पादन हुने कारमा समेत प्रयोग गर्न थाल्यो। टाटाले जेएलआरका केही प्रविधि नेक्सन तथा नेक्सन ईभीमा प्रयोग गर्यो भने अन्य कारमा पनि ती प्रविधि अवलम्बन गरिँदै लगियो। जसले गर्दा टाटाका कार अन्य प्रतिस्पर्धीको कारसँग प्रतिस्पर्धा गर्न योग्य हुँदै गए, जुन आज पर्यन्त जारी छ र रहने छ। 

umesh 1112.jpeg

टाटा मोटर्सले सस्तो मूल्यमा आकर्षक विद्युतीय कार सार्वजनिक मात्र गरिरहेको छैन, कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक पर्ने ईभी इकोसिस्टम नै निर्माण गरिरहेको छ। आफ्नै मातहतका विभिन्न कम्पनीहरूसँगको साझेदारीमा विकास गरिरहेको इकोसिस्टमलाई ‘टाटा युनिईभीभर्स’ नामाकरण गरिएको छ। 

यसरी इकोसिस्टम नै विकास गरिरहँदा टाटाको विद्युतीय सवारी किन्ने उपभोक्तालाई थप आत्मबल दिएको विज्ञहरूले बताएका छन्। यो इकोसिस्टम विकास गर्न टाटा ग्रुप अन्तर्गतका टाटा मोटर्स, टाटा पावर, टाटा केमिकल्स, टाटा क्रोम, टाटा अटो कम्पोनेन्ट र टाटा मोटर्स फाइनान्स कम्पनी संयुक्त रुपमा जेटका छन्।

टाटा नेक्सन ईभी सार्वजनिक भएपछि प्रविधिमा मात्र फड्को मारेन कि टाटाको प्यासेन्जर कार प्रतिको ब्रान्ड इमेज नै उचो बन्न पुग्यो। र, टाटालाई अन्य मोडलका विद्युतीय कार सार्वजनिक गर्ने आत्मविश्वास पनि बढायो। 

यो सफलताले दिएको ढाडस र सरकार तथा आम उपभोक्ताको विद्युतीय कार उपभोग गर्ने चाहनालाई पुरा गर्न टाटाले २०२५ अर्थात अबको ३ वर्षभित्र टाटाले १० वटा नयाँ विद्युतीय कार बजारमा ल्याउने घोषणा नै गरिसकेको छ। इकोसिस्टाममा टाटाले विशेष प्राथमिकता उपभोक्ताको घर तथा सार्वजनिक स्थानमा चार्जिङ स्टेसन निर्माणलाई दिएको छ। 

umesh 1112.jpeg

टाटा मोटर्सले विद्युतीय सवारीलाई थप प्रोत्साहन गर्न ‘टाटा प्यासेन्जर इलेक्ट्रिक मोविलिटी’ (टीपीईएम) नामक भगिनी संस्था नै बनाइ सकेको छ। यसले टाटा विद्युतीय सवारी उत्पादनमा दत्तचित्त भएर लागेको देखाउँछ भने नयाँ कम्पनीले बजारमा नयाँ मूल्यसमेत सृजना गर्ने छ। 

टाटाले नयाँ कम्पनी टीपीईएम मार्फत विद्युतीय सवारी उत्पादनका लागि १५ हजार करोड भारु लगानी गर्ने योजना अघिसारेको छ। टाटाले भारतीय बजारका साथै छिमेकी देश र विश्व बजारमा समेत प्रतिपर्धा गर्न सक्ने उत्पादन ल्याउन जोडतोडले लागि गरेको छ। 

विद्युतीय कारका सन्दर्भमा भारतीय उपभोक्ताहरू १२ देखि १५ लाख भारुमा ३ सय किलोमिटर रेन्ज दिने कारको पर्खाइमा छन् वा किन्न चाहनेको रोजाइमा यही सेगमेन्टको पर्ने छ। नेपालका सन्दर्भमा समेत यो मूल्य र रेन्ज उपयुक्त हुने देखिएको छ। 

अबको केही समयभित्र टाटाले आधा दर्जनभन्दा बढी विद्युतीय कार बजारमा ल्याइसक्ने छ। २०२३ को जनवरीमा भारतको नोयडामा हुने अटो एक्सपोमा टाटाले दुई वटा नयाँ विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरेको छ। टाटाले केही महनिाअघि दुई वटा नयाँ विद्युतीय कार कर्भ र अभेन्या कन्सेप्ट सार्वजनिक गरेको थियो। यी कारहरू २०२५ भित्र बजारमा आइसक्ने छन्।  

टाटाको नेक्सन ईभी र टिगोर ईभी पछि नेक्सन ईभी म्याक्स बजारमा बिक्री भइरहेको छ। गएको महिना टाटा मोटर्सले भारतकै सबैभन्दा सस्तो विद्युतीय कार टियागो ईभी सार्वजनिक गरेको छ। भारतमा गएको महिना बुकिङ खुला गर्दा १ लाखभन्दा बढी बुकिङ भइसकेको छ। यो कारको डेलिभरी २०२३ को जनवरीबाट सुरु हुने कम्पनीले जनाएको छ। 

करिब आईसी इन्जिन सरहकै मूल्यमा आउने भएकाले भारतमा यो कारको बिक्री उल्लेख्य हुने निश्चितप्रायः छ। नेपाली बजारमा पनि ३० लाख रुपैयाँसम्ममा विश्वसनीय ब्रान्डको ३ सय किलोमिटर हाराहारी रेन्ज दिने विद्युतीय कारको पर्खाइमा धेरै उपभोक्ता छन्। यी उपभोक्तालाई टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी उपलब्ध गराउने छ। 

सिप्रदीले भारतमा डेलिभरी सुरु भएलगत्तै टियागो ईभी नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। टियागो ईभीबारे धेरै उपभोक्ताले चासो राखेको कम्पनीको भनाइ छ। 

umesh 1112.jpeg

टाटा मोटर्सले मागअनुसार टियागो ईभी सप्लाई गर्ने सक्यो भने विद्युतीय सवारी बिक्रीमा नेपाल तथा भारत दुवै देशमा नयाँ मानक कायम गर्नेछ। योसँगै टाटा मोटर्सले ल्याउने नयाँ विद्युतीय कारले कम्पनीको विद्युतीय कारको इकोसिस्टममा नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभीले बनाएको जगमा पक्कै भीमकाट टावर निर्माण हुनेनै छ। 

विद्युतीय कारलाई संसारले नै स्वीकारिसकेको र अबको सवारीको विकल्प नै शून्य प्रदूषण सवारी हो। अर्को विकल्प नआउँदासम्म ब्याट्रीमा आधारिकत विद्युतीय सवारी नै उत्पादन तथा बिक्री हुनेछन्। 

images

प्रकाशित : शनिबार, कात्तिक २६ २०७९०८:००

प्रतिक्रिया दिनुहोस