शनिबार, वैशाख १५ गते २०८१    
images
images

भन्सार छलेर चोरी पैठारी गरी ल्याएको सवारी साधनसहित एकजना पक्राउ 

images
images
images
भन्सार छलेर चोरी पैठारी गरी ल्याएको सवारी साधनसहित एकजना पक्राउ 
images
images

काठमाडौं- भन्सार छलेर चोरी पैठारी गरी ल्याएको दुई थान सवारी साधनसहित भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका-९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका-८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो। 

images

ओझालाई बरामद सवारी साधनसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images

images

प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९१०:१४

प्रतिक्रिया दिनुहोस