आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

नक्कली नोटसहित ६ जना पक्राउ

images
images
images
नक्कली नोटसहित ६ जना पक्राउ
images
images

रौतहट- मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्।  

images
images
images

बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। 

images

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो।

images

साथै पक्राउ परेकामध्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई राखेको १ थान अवैध कटुवा पेस्तोल फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

images
images

images

प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९०७:१०

प्रतिक्रिया दिनुहोस