शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टाटाले १ खर्ब ८० अर्ब भारुमा किन्यो एयर इन्डिया

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
टाटाले १ खर्ब ८० अर्ब भारुमा किन्यो एयर इन्डिया

टाटा ग्रुपले भारत सरकारसँग १ खर्ब ८० अर्ब भारुमा एयर इन्डिया खरिद गरेको हो।

images
images

काठमाडौं- टाटा ग्रुपले भारत सरकारसँग १ खर्ब ८० अर्ब भारुमा एयर इन्डिया खरिद गरेको हो। लामो समयदेखि घाटामा चलिरहेको भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डिया बिक्री गर्ने मनसायमा सरकार थियो। 

images
images
images

पछिल्लो दुई वर्षदेखि भारत सरकारले बिक्री गर्न खोजेपनि सफल भएको थिएन। सरकारले खरिद गर्नेलाई अफर नै प्रस्ताव गरेको थियो। 

images
images

भारत सरकारले एयर इन्डियाको शतप्रतिशत र एयर इन्डिया एसेट्सको ५० प्रतिशत सेयर बिक्री गर्नका लागि खुला प्रस्ताव आव्हान गरेको थियो। एयरलाइन्स खरिदका लागि भारतीय बहुराष्ट्रिय व्यापारिक समूह टाटा सन्सले हालेको प्रस्ताव सरकारले स्वीकार गरेको छ। 

images
images

व्यावसायिक रुपमा खराब प्रदर्शन गर्दै आएपछि सरकारले २००० मै एयर इन्डिया बिक्रीको प्रयास गरेको थियो। त्यतिबेला बिक्रिका लागि प्रस्ताव गरेपनि सफल भएको थिएन। 

ठूलो ऋणमा डुबेको एयरलाइन्स खरिद गर्नेले पुरै ऋण तिर्नुपर्ने छैन। ६ खर्ब भारु कुल ऋण रहेको एयरलाइन्स खरिद गर्नेले २ खर्ब ऋणको दायित्व बोक्नुपर्ने बाँकी ऋण दायित्व एयर इन्डिया एसेट होल्डिङसँग जाने छ। 

टाटा समूहको हातमा एयर इन्डिया पहिलोपटक जान लागेको होइन। एयर इन्डियाको घर फिर्तीका रुपमा भारतीय सञ्चारमाध्यमले व्याख्या गरेका छन्। एयर इन्डियाको स्थापना नै टाटा समूहले गरेको थियो। १९३२ मा जेआरडी टाटाले यसको स्थापना गरेका थिए। आफै पाइलट रहेका टाटाले यसको नाम टाटा एयर सर्भिस राखेका थिए। 

दोस्रो विश्वयुद्ध सुरु भएपछि एयरलाइन्स बन्द भएको थियो। त्यसपछि १९४६ मा सेवा सुरु भएपछि सरकारले सेयर खरिद गरी नाम परिवर्तन गरिदिएको थियो। त्यतिबेला नै यसको नाम एयर इन्डिया भएको थियो। १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो। 

भिस्तारा एयरलाइन्सबाट अहिले फेरि नागरिक उड्डयनमा हात हालेको टाटाले एयर इन्डिया लिएपछि कसरी व्यवसाय अघि बढाउँछ त्यसका बारेमा कुनै जानकारी बाहिर आएको छैन।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१२:११
  • सम्बन्धित विषय:

  • # टाटा ग्रुप
  • # एयर इन्डिया
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend