शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २५ २०७९
images
पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको छ। व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन्।

images
images

तनहुँ- पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन-पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ। 

images
images
images

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए। 'सबै रुख नकाटिन पनि सक्छन्', उनले भने, 'काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ।'

images
images

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए। 

images
images

व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन्। आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ। उनले भने, 'आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो।' जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन‍्। क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन्। रासस  


प्रकाशित : शुक्रबार, कात्तिक २५ २०७९०३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend