शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगानीकर्ता पर्ख र हेरको सोचमै, सेयर बजारमा देखिएन चुनावी माहोलको प्रभाव

बिहीबार , कात्तिक २४ २०७९
लगानीकर्ता पर्ख र हेरको सोचमै, सेयर बजारमा देखिएन चुनावी माहोलको प्रभाव

काठमाडौं- चुनावी माहोलसँगै उचाइतर्फ जाने आश गरिएको सेयर बजारमा अझै पनि उतारचढावपूर्ण अवस्था नै देखिएको छ। सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा यो साता पहिलो कारोबारमा आइतबार ४३.२० अंकले बढेर त्यसपछि लगातार घट्न पुग्यो। 

यो साता आइतबार ४३.२० अंकले बढेको बजार सोमबार भने ६.४३ अंकले घटेको थियो। मंगलबार पनि २.५७ को झिनो अंकले घटेको बजार बुधबार ३९.१५ अंकले घटेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि बजार घटेको छ।

बिहीबार २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा पुगेको छ। १ अर्ब ११ करोड ९४ लाख रुपैयाँको कारोबार हुँदा १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन।


प्रकाशित : बिहीबार , कात्तिक २४ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend