शुक्रबार, असोज १२ गते २०८०    

धानको समर्थन मूल्य तोकियो, मोटा धानमा २१५ र मध्यम धानमा २२६ रुपैयाँ बढ्यो

images
बिजनेस न्युज
धानको समर्थन मूल्य तोकियो, मोटा धानमा २१५ र मध्यम धानमा २२६ रुपैयाँ बढ्यो

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ।

images

काठमाडौं- सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ३ सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

images

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल २ सय १५ र मध्यम धानमा प्रतिक्विन्टल २ सय २६ ले बढी हो। गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानका लागि २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो।

images

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ। चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ। 

images

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ। यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन। 

images

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल १ सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ। गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ। रासस

images

प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०५:०३
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ