शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पाको सेयर बिक्री गर्दा फाइदा कि होल्ड गर्दा? यस्तो छ अंकगणित

बुधबार, कात्तिक २३ २०७९
७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पाको सेयर बिक्री गर्दा फाइदा कि होल्ड गर्दा? यस्तो छ अंकगणित

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेपनि सेयर मूल्य भने लगातार घटिरहेको छ। गत शनिबार सञ्चालक समितको १९ औँ बैठकले २०७८/७९ सम्म सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत सेयर लाभांश र ३.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो। 

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट समग्रमा ७६.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश दिइरहेका बेला जाल्पाले भारी बोनस सेयर दिँदासमेत लगानीकर्ता आकर्षित भएका छैनन्। बजार घट्ने डरले अहिले भएकै मूल्यमा बिक्री गरेर बाहिरिएका छन्। तर फाइदा भने सेयर होल्ड गर्नेहरूले नै लिनेछन्। १० कित्ता सेयर हुनेहरूले ७ कित्ता बोनस पाउने छन्। 

बुधबार पनि सेयर मूल्य प्रतिकित्ता ९० रुपैयाँ घटेको छ। केही दिन अगाडि ३७७० रुपैयाँसम्म कारोबार भएको थियो। अहिलेको मूल्य अनुसार ३४९५ रुपैयाँ प्रतिकित्तामा कायम नहुँदा पनि होल्ड गर्नेहरू नै फाइदामा जाने देखिन्छ। अहिले १० कित्ता बिक्री गर्नेले ३५ हजार रुपैयाँ हात पार्दा समायोजन भएर २५ सय प्रतिकित्तामै आउँदा पनि बोनस सेयर लिनेहरू नै फाइदामा जाने देखिन्छ। 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend