शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एकदिनको वृद्धिपछि लगातार तीनदिन ओरालोतिर सेयर बजार

बुधबारको कारोबारमा चार कम्पनीको मात्र सेयर मूल्य बढ्यो

बुधबार, कात्तिक २३ २०७९
एकदिनको वृद्धिपछि लगातार तीनदिन ओरालोतिर सेयर बजार

काठमाडौं- सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा यो साता पहिलो कारोबारमा आइतबार ४३.२० अंकले बढेर त्यसपछि लगातार घटिरहेको छ। चुनावी माहोलसँगै उचाइतर्फ जाने आश गरिएको सेयर बजारमा अझै पनि उतारचढावपूर्ण अवस्था नै देखिएको हो।

यो साता आइतबार ४३.२० अंकले बढेको बजार सोमबार भने ६.४३ अंकले घटेको थियो। मंगलबार पनि २.५७ को झिनो अंकले घटेको बजार बुधबार भने  ३९.१५ अंकले घटेको छ।

बुधबार ३९.१५ अंकले घटेर बजार १९१७.२२ बिन्दुमा झरेको छ। बलेफी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, उपर हेवाखोला हाइड्रोपावर र वीन नेपाल लघुवित्त वित्तीय संस्था गरी चार कम्पनीको मात्र सेयर मूल्य बढ्दा बुधबार १ अर्ब ४० करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। नेप्से परिसूचकमा कारोबार रकममा भने पहिलेको तुलनामा केही सुधार भइरहेको देखिन्छ। 

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

 


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend