शनिबार, वैशाख १५ गते २०८१    
images
images

एकदिनको वृद्धिपछि लगातार तीनदिन ओरालोतिर सेयर बजार

बुधबारको कारोबारमा चार कम्पनीको मात्र सेयर मूल्य बढ्यो

images
images
images
एकदिनको वृद्धिपछि लगातार तीनदिन ओरालोतिर सेयर बजार
images
images

काठमाडौं- सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा यो साता पहिलो कारोबारमा आइतबार ४३.२० अंकले बढेर त्यसपछि लगातार घटिरहेको छ। चुनावी माहोलसँगै उचाइतर्फ जाने आश गरिएको सेयर बजारमा अझै पनि उतारचढावपूर्ण अवस्था नै देखिएको हो।

images
images
images

यो साता आइतबार ४३.२० अंकले बढेको बजार सोमबार भने ६.४३ अंकले घटेको थियो। मंगलबार पनि २.५७ को झिनो अंकले घटेको बजार बुधबार भने  ३९.१५ अंकले घटेको छ।

images

बुधबार ३९.१५ अंकले घटेर बजार १९१७.२२ बिन्दुमा झरेको छ। बलेफी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, उपर हेवाखोला हाइड्रोपावर र वीन नेपाल लघुवित्त वित्तीय संस्था गरी चार कम्पनीको मात्र सेयर मूल्य बढ्दा बुधबार १ अर्ब ४० करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। बजारमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

images

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेको छैन। नेप्से परिसूचकमा कारोबार रकममा भने पहिलेको तुलनामा केही सुधार भइरहेको देखिन्छ। 

images
images

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषणका बीच लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामा नै देखिन्छन्। 

 

images

प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस