शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बजार घट्दासमेत किन बढ्यो नेपाल पुनर्बीमाको सेयर मूल्य?

बुधबार, कात्तिक २३ २०७९
बजार घट्दासमेत किन बढ्यो नेपाल पुनर्बीमाको सेयर मूल्य?

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो दुई वर्ष दोस्रो बजारमा एकछत्र राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको थियो। अहिले भने केही दिन यता लगातार बढिरहेको छ। 

उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट घटेर ५६५ रुपैयाँमा झरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो। कुनै समय कम्पनीको सेयर मूल्य १९०० रुपैयाँसम्म पुगेको थियो। 

एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ५६५ रुपैयाँमा झरेको थियो। पछिल्लो समय बढ्न थालेको सेयर मूल्य मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ बढेर ७१५ रुपैयाँ पुगेको छ। 

nric 111.JPG

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।

कम्पनीको चुक्तापुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरी छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने नीतिसमेत लिएको छ। 

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०१:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend