शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा देखिएन उत्साह, अझै उतारचढावमै

मंगलबार, कात्तिक २२ २०७९
सेयर बजारमा देखिएन उत्साह, अझै उतारचढावमै

काठमाडौं- चुनावी माहोलसँगै उचाइतर्फ जाने आश गरिएको सेयर बजारमा अझै पनि उतारचढावपूर्ण अवस्था नै देखिएको छ। देशभर चुनावी माहोल बढिरहँदा त्यसको सकारात्मक प्रभाव देखिँदै उकालो यात्रामा लागेको से‍यर बजार अहिले भने उही बिन्दु वरपर रहेको छ।

यो साता आइतबार ४३.२० अंकले बढेको बजार सोमबार भने ६.४३ अंकले घटेको थियो। मंगलबार पनि झिनो अंकले बजार घटेको छ।

मंगलबार २.५७ अंकले घटेर बजार १९५६.३६ बिन्दुमा झरेको छ। ५८ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ। ११४ कम्पनीको सेयर मूल्य घट‍्दा १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेन। नेप्से परिसूचकमा कारोबार रकममा भने वृद्धि भइरहेको देखिन्छ। झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजारमा तिहारलगत्तै उत्साह देखिएको थियो। 

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषकहरू बताउँछन्। चुनावले सेयर बजारमा राम्रै पैसा आउने देखिएकोले बजारमा लगातार वृद्धि देखिने र चुनावपछि बन्ने नयाँ सरकारको आकारसमेत देखिएकोले पनि बजार सकारात्मक हुँदै जाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend