शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एक हप्तामा थपियो २१ अर्ब निक्षेप, ऋण प्रवाह ठप्प 

सोमबार, कात्तिक २१ २०७९
एक हप्तामा थपियो २१ अर्ब निक्षेप, ऋण प्रवाह ठप्प 

यही अवधिमा ऋण प्रवाह भने ठप्प भएको छ। बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ११ गतेसम्म कूल ऋण प्रवाह ४२ खर्ब २५ अर्ब रहेकोमा १८ गतेसम्म पुग्दा ४२ खर्ब २४ अर्बमा सीतिम भएको छ। 

काठमाडौं- पछिल्लो एक हप्तामा वाणिज्य बैंकहरूमा २१ अर्ब निक्षेप बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ११ देखि १८ गतेसम्म २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ। 

कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब निक्षेप रहेकोमा १८ गते पुग्दा ४५ खर्ब ४५ अर्ब निक्षेप थपिएको छ। यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि ३ अर्बले थपिएको छ। 

यही अवधिमा ऋण प्रवाह भने ठप्प भएको छ। बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक ११ गतेसम्म कूल ऋण प्रवाह ४२ खर्ब २५ अर्ब रहेकोमा १८ गतेसम्म पुग्दा ४२ खर्ब २४ अर्बमा सीतिम भएको छ। 

प्रकाशित : सोमबार, कात्तिक २१ २०७९१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend