बिहीबार , वैशाख १३ गते २०८१    
images
images

एसियाली विकास बैंकले नेपालमा ओखर र फलफूलमा लगानी गर्ने, ३० हजार घरपरिवार लाभान्वित हुने

images
images
images
एसियाली विकास बैंकले नेपालमा ओखर र फलफूलमा लगानी गर्ने, ३० हजार घरपरिवार लाभान्वित हुने
images
images

काठमाडौं- नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ।

images
images
images

अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

images

सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट  करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान व्यहोर्ने छ।

images

परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्नेछ।

images
images

उक्त परियोजनाबाट प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्। सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ। 

images

प्रकाशित : सोमबार, कात्तिक २१ २०७९१०:२१

प्रतिक्रिया दिनुहोस