शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकले दराज ११:११ छुट पाउने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २१ २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकले दराज ११:११ छुट पाउने 

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ।  यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहनेछ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले अनलाइन सपिङ्ग प्लेटफर्म दराजको 'दराज ११:११' मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

योजना अन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
 
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा २५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । 

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ।  यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहनेछ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। 

प्रकाशित : सोमबार, कात्तिक २१ २०७९१०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend