शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एक दिनको उछालपछि थामियो सेयर बजार, अझै उतारचढावमै रहला?

कारोबार रकममा भने लगातार देखियो सुधार

सोमबार, कात्तिक २१ २०७९
एक दिनको उछालपछि थामियो सेयर बजार, अझै उतारचढावमै रहला?

काठमाडौं- लगातार वृद्धितर्फ संकेत गरिरहेको सेयर बजारमा त्यही अनुरुप उचाइ भने देखिन सकेको छैन। देशभर चुनावी माहोल बढिरहँदा त्यसको सकारात्मक प्रभाव देखिँदै उकालो यात्रामा लागेको से‍यर बजारमा सोमबारको कारोबार भने थामिएको छ। 

गएको साता सुरुवाती कारोबारको तीन दिनमा ७९.८२ अंकले बढेर अन्तिम कारोबारमा बिहीबार १६.१४ अंकले घटेको बजारमा यो साता आइतबार हरियाली देखिएको थियो। आइतबार ४३.२० अंकले बढेको बजार सोमबार भने ६.४३ अंकले घटेको छ। 

सोमबार ६.४३ अंकले घटेर बजार १९५८.९४ बिन्दुमा झरेको छ। ५६ कम्पनीको सेयर मूल्य बढ्दा २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। अहिले कारोबार रकममा भने वृद्धि भइरहेको देखिन्छ। 

सेयर बजार उतारचढावपूर्ण अवस्थाबाट चुनावी चहलपहलसँगै लगातार वृद्धिको बाटोमा देखिने विश्लेषण भइरहँदा त्यसअनुरुप वृद्धि भने देखिन सकेन। नेप्से परिसूचकमा कारोबार रकममा भने वृद्धि भइरहेको देखिन्छ। झन्डै एक वर्षदेखि उकालो लाग्न नसकेको सेयर बजारमा तिहारलगत्तै उत्साह देखिएको थियो। 

अहिलेको अवस्थाबाट बजार वृद्धिमा जाने र त्यो निरन्तर रहने विश्लेषकहरू बताउँछन्। चुनावले सेयर बजारमा राम्रै पैसा आउने देखिएकोले बजारमा लगातार वृद्धि देखिने र चुनावपछि बन्ने नयाँ सरकारको आकारसमेत देखिएकोले पनि बजार सकारात्मक हुँदै जाने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend