शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कीर्तिमानी आरोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
कीर्तिमानी आरोही निर्मल पुर्जा तेस्रो पटक धौलागिरिमा

धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए।

images
images

बेनी- विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएका पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाका सेवानिवृत बेलायती सैनिकसमेत रहेका उनले शुक्रबार बिहान उक्त हिमाल आरोहण गरेका थिए। 

images
images
images

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ। 'हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ',  स्टाटसमा उल्लेख छ ।
 
अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गर्नुभएका उनले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको ९८१६७ मि आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमान कायम गरेका थिए। 

images
images

धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए।

images
images

पुर्जाले आरोहण गर्नुभएका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै पर्छ। आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाउनुभएका उहाँका नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन्। रासस


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend