बिहीबार , वैशाख २० गते २०८१    
images
images

त्रिभुवन विमानस्थलभित्रको १९ करोड ७५ लाख बराबरको ढुंगा, गिट्टी र बालुवा बिक्री गर्दै प्राधिकरण

images
images
images
त्रिभुवन विमानस्थलभित्रको १९ करोड ७५ लाख बराबरको ढुंगा, गिट्टी र बालुवा बिक्री गर्दै प्राधिकरण

प्याकेज २ मा जीआई पाइप लगायत निर्माण सामाग्री रहेको छ। यसको न्यूनतनम मूल्य ६० लाख ७८ हजार रुपैयाँ भन्दा बढी रहेको छ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको ढुंगा, गिट्टी, बालुवा, बिटुमिनलगायत निर्माणजन्य सामाग्री लिलाम बिक्री गर्ने भएको छ।

images
images
images

आयोजनाले ३ वटा प्याकेजमा सामग्री लिलामीमा बिक्री गर्न लागेको हो। आयोजनाले विमानस्थलको रनवे पूर्व राडार एन्टिनाको दक्षिणतर्फ र रनवे ०२ को दक्षिण पश्चिमतर्फ रहेको विभिन्न साइजका ढुंगा, गिट्टी, बालुवा, बिटुमिनलगायत अन्य सामानहरु लिलामीमा बिक्री गर्न लागेको हो।

images

लिलामीमा बिक्री गर्न लागेको सामानको न्यूनतम मूल्य २८ करोड ७८ लाख ५६ हजार १ सय ८२ रुपैयाँ बराबरको रहेको छ। जसमा प्याकेज एकमा ढुंगा, गिट्टी र बालुवा रहेको छ। यसको न्यूनतम मूल्य १९ करोड ७५ लाख ४७ हजार १ सय २१ रुपैयाँ तोकिएको छ।

images

यसैगरी प्याकेज २ मा जीआई पाइप लगायत निर्माण सामाग्री रहेको छ। यसको न्यूनतनम मूल्य ६० लाख ७८ हजार रुपैयाँ भन्दा बढी रहेको छ।

images
images

यसैगरी प्याकेज ३ मा बिटुमिन रहेको छ। यसको न्यूनतम मूल्य ८ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

images

प्रकाशित : सोमबार, कात्तिक २१ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस