शनिबार, मंसिर ८ गते २०८१    
images
images

ठूला योजना उम्मेदवारका प्रतिबद्धता

images
शनिबार, कात्तिक १९ २०७९
images
images
ठूला योजना उम्मेदवारका प्रतिबद्धता

यस बीचमा उम्मेदवारहरूको प्रतिबद्धतामा जिल्लाका ठूला योजना पर्ने गरेका छन्। दलहरूको प्रतिबद्धतामा जिल्लाको नमूना सदरमुकामदेखि नारायणी नदी तटबन्धन, मेडिकल कलेज स्थापनादेखि ट्रमा सेन्टर स्थापनासम्मका योजना सम्म लाई अगाडी सारेका छन्। 

images
images

त्रिवेणी- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले प्रचारप्रसारका गतिविधि बढाउँदै लगेका छन्। मतदातालाई आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरू आफ्ना भावी योजना र प्रतिबद्धतासहित प्रचारप्रसारमा जुटेका छन्। 

images
images
images

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा उम्मेदवारहरू आफ्ना प्रतिबद्धता लिएर मतदाताका घरघरमा पुगिरहेका छन्। दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन रहेको नवलपुरमा सबै क्षेत्रमा गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

images

यस बीचमा उम्मेदवारहरूको प्रतिबद्धतामा जिल्लाका ठूला योजना पर्ने गरेका छन्। दलहरूको प्रतिबद्धतामा जिल्लाको नमूना सदरमुकामदेखि नारायणी नदी तटबन्धन, मेडिकल कलेज स्थापनादेखि ट्रमा सेन्टर स्थापनासम्मका योजना सम्म लाई अगाडी सारेका छन्। 

images

नवलपुर संघीय क्षेत्र नं १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू कांग्रेसबाट डा शशांक कोइराला र एमालेका कृष्ण पौडेलले मतदातासमक्ष समान जस्ता योजना पूरा गर्ने प्रतिवद्धता गर्दै आएका छन्।  

यहाँ नारायणी तटबन्धन, ट्रमा सेन्टर स्थापना, कृषिमा सिँचाइका साथै पहाडी क्षेत्रको मुख्य सडक निर्माण आफ्नो प्राथमिकतामा रहेको उम्मेदवारहरूले बताउँदै आएका छन्। रोजगार सिर्जना गर्नका लागि अद्योगिक क्षेत्र स्थापनासमेत उम्मेदवारहरूको प्रतिबद्धतामा पर्ने गरेका छन्। 

जिल्लाको संघीय क्षेत्र नं २ का उम्मेदवारसमेत विभिन्न योजना आफ्नो प्रतिबद्धतामा व्यक्त गर्दै आएका छन्। मतदातासमक्ष आफ्ना योजना पु¥याउने क्रममा उम्मेदवारले आफ्ना प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन्। 

यहाँ एमालेबाट तिलक मतह र कांग्रेसबाट विष्णुकुमार कार्की प्रतिस्पर्धामा रहेका छन्। नवलपुर-२, मा मुख्यगरी निर्माणका क्रममा रहेको नमूना सदरमुकामको काम सम्पन्न गर्ने दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।

योसँगै यसै क्षेत्रमा रहेको धौबादी फलाम खानी उत्खननका लागि पहल गरी रोजगार सिर्जना गर्ने, डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने, नारायणीसहित यस क्षेत्रमा पर्ने खोलाहरू तटबन्धनसहित पहाडी क्षेत्रमा यातायातको सहज पहुँचका लागि बाटो स्तरोन्नति गर्ने यहाँका उम्मेदवारका योजना तथा प्रतिबद्धतामा पर्ने गरेका छन्। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने सडकअन्तर्गत त्रिवेणी-दुम्किबास खण्ड निर्माणका योजनासमेत आफ्नो प्रतिबद्धता रहेको नेकपा उमालेका तर्फबाट यसै क्षेत्रका उम्मेदवार महतले बताए।  

जिल्लामा कृषि, उद्योग र पर्यटनका विषयसमेत दलहरूका ‘एजेन्डा’ बनेका छन्। 'सानातिना काम हामीले गर्दै जानेछौँ, जिल्लाका लागि अर्थ राख्ने मुख्य ठूला योजनाका लागि पहल र सहकार्य, साथै कृषि, उद्योग र पर्यटन विकास मेरो योजना छ', महतले भने। 

कृषि क्षेत्रमा लगानी र रोजगार सिर्जना गर्ने खालका उद्योग स्थापनाका साथै देवघाट-त्रिवेणी वैकल्पिक बाटो आफ्नो योजना तथा प्राथमिकतामा रहेको नवलपुर-१ का उम्मेदवार डा शशांक कोइरालाले बताए। 'मेरो योजना नारायणी नदी तटबन्धनसँगै देवघाट-त्रिवेणी वैकल्पिक बाटो निर्माण गर्नेछ, यसले बाढी नियन्त्रणसँगै वन्यजन्तु बस्तीमा पस्ने समस्या रोक्नसमेत सहयोग पुग्छ', डा कोइरालाले भने।  

यहाँका सबै क्षेत्रका उम्मेदवारको अर्को मुख्य प्रतिबद्धतामा भूमिहीनहरूलाई पुर्जा वितरण गर्नेुपर्ने छ। जिल्लामा भूमिहीन सुकुम्वासीको समस्या धेरै रहेकाले यसका लागि पहल गर्ने सबैजसो उम्मेदवारको प्रतिबद्धतामा पर्ने गरेको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक १९ २०७९०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend