आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

तत्काल बैंकको साँवा र ब्याज तिर्न सक्दैनौँ, कोभिडको सुविधा चाहियो : हान

images
बिहीबार , कात्तिक १७ २०७९
images
तत्काल बैंकको साँवा र ब्याज तिर्न सक्दैनौँ, कोभिडको सुविधा चाहियो : हान
images
images

काठमाडौं- तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको जनाउँदै होटल संघ नेपालले पुनर्तालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ। संघले बिहीबार ज्ञापन पत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको जनाएको छ।

images
images
images

संघका अध्यक्ष सृजना राणाले कोभिड-१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएपनि संचालन खर्च पनि धान्न सक्ने अवस्था नरहेको बताईन्।

images
images

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो बर्ष ६ लाख पुर्‍याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको जनाउँदै अध्यक्ष राणाले सबैभन्दा जटिल समस्या भनेकै अहिले बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता आएकोले समस्या भएको समेत बताइन्। 

images
images

‘हामी व्यवसायीको जटिल समस्या भनेकै बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता रहेको छ। देशै भरका होटल व्यवसायी आन्दोलित भइरहेको हुँदा यो उद्योगको संरक्षण गर्न आवश्यक छ,’ अध्यक्ष राणाले भनिन्।

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधालाई निरन्तरता दिन संघले माग गरेको छ। हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने अवस्था रहेको संघले जनाएको छ।

भेटघाट कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  व्यवसायीलाई त्रसित नहुन आश्वासन दिए। राष्ट्र बैंकले मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थापन मार्फत संबोधन गर्ने उनले बताए।


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend