आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाप्रदायक प्रतिस्पर्धाबाट छनौट हुन्छ : महानिर्देशक अधिकारी 

images
बिहीबार , कात्तिक १७ २०७९
images
पोखरा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाप्रदायक प्रतिस्पर्धाबाट छनौट हुन्छ : महानिर्देशक अधिकारी 

नेपाल एयरलाइन्सले सरकारी कम्पनी भएकै नाताले सिधै ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मा पाउँदै आएको छ। पोखरामा पनि उसले दाबी गरेको छ। तर काठमाडौं र भैरहवाममा उसको सेवा भने राम्रो छैन। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्‍यान्डलिङ सेवाप्रदायकको छनौट प्रतिस्पर्धाबाट तय हुने बताएका छन्। 

images
images
images

भैरहवा विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान सुरु गरेको अवसरमा आयजित कार्यक्रममा बोल्दै अधिकारीले पोखरा विमानस्थलमा काठमाडौं र भैरहवा जस्तो सिधै नेपाल एयरलाइन्सलाई नदिने अधिकारीको आसय छ। 

images
images

'कुनै पनि कम्पनीलाई सिधै सेवाको जिम्मा दिइन्न। पोखरामा प्रतिस्पर्धा हुन्छ जसले राम्रो सेवा सुविधाको ग्यारेन्टी गर्छ उसैले पाउँछ,' अधिकारीले भने। 

images
images

नेपाल एयरलाइन्सले सरकारी कम्पनी भएकै नाताले सिधै सेवाको जिम्मा पाउँदै आएको छ। पोखरामा पनि उसले दाबी गरेको छ। तर काठमाडौं र भैरहवाममा उसको सेवा भने राम्रो छैन। 

अधिकारीले गौतमबुद्ध विमानस्थलमा हिमालय एयरलाइन्सलाई स्वग्राउन्डा ह्यान्डलिङको अनुमति निसर्त नदिने बताए। नियमित उडान गर्ने सर्तमा मात्र दिने उनको भनाइ छ। 

 


प्रकाशित : बिहीबार , कात्तिक १७ २०७९१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend